१९ वर्षमा आजकै दिन मरेकी थिइन् दिव्या भारती : के थियो मृत्युको कारण?

१९ वर्षमा आजकै दिन मरेकी थिइन् दिव्या भारती : के थियो मृत्युको कारण?

नयाँ दिल्ली : दिव्या भारती भारतीय सिनेमामा कम उमेरमै निकै चर्चा बटुल्न सफल अभिनेत्री हुन्। उनीसँग काम गर्न निर्देशकहरु लाइनमा हुन्थे। १९९२ मा तीन सिनेमा हिट भएपछि, १९ वर्षीया दिव्याको ५ अप्रिल १९९३ मा अचानक मृत्यु भयो।

राति करिब ११ बजे दिव्या मुम्बईको वर्सोवामा रहेको उनको पाँचौं तलाको अपार्टमेन्टको बालकनीबाट खसेकी थिइन् । बिहानै पूरै सिनेमा उद्योगलाई दिव्याको मृत्यु भएको खबर भयो।

उनको मृत्युपछि उनका फिल्म ‘रङ’, ‘शतरंज’ र ‘थोली मुधु’ रिलिज भए । दिव्या भारती ‘रंग’ मा आयशा जुल्कासँग देखिएकी थिइन् ।

आयशा जुल्काले भनिन्, 'दिव्याको मृत्युपछि एकदमै अनौठो कुरा भयो। केही महिनापछि हामी फिल्म सिटीमा 'रंग' को ट्रायल हेर्न गयौं। दिव्या पर्दामा आउनासाथ स्क्रिन नै खसेको थियो। निकै अनौठो भयो।' 

त्यो दिन के भयो

एक अन्तर्वार्तामा दिव्याका परिवारका सदस्यहरूले दिव्या आफ्ना साथीहरूसँग रहेको बताएका थिए । राति १० बजे फेसन डिजाइनर केही कामले घरमा आएको भनेर फोन आयो। 

दिव्यालाई उनका दाजुले घरमा छाडेका थिए। केही बेरपछि बालकनीबाट लडेको भनेर फोन आयो ।

आयशा जुल्काले भनिन्, 'धेरै समयसम्म मैले पत्याउनै सकिनँ। सायद उनी आफैंलाई केही थाहा थियो। उनी जहिले पनि हतार गर्नुहोस्, छिटो अघि बढ्नुहोस्, जीवन छोटो छ भन्थिन्। उनलाई सबै कुरा चाँडै गर्नुथ्यो। हामीसँग धेरै समय बस्नु छैन भनेर सायद उनलाई थाहा थियो होला।'


एक वर्षसम्म कुनै फिल्म पाइनन्

१४ वर्षको उमेरमा दिव्या भारती फिल्म क्षेत्रमा लागिन् । उनले एकपछि अर्को फिल्म पाइन् र एकपछि अर्को गर्दै ती प्रोजेक्ट उनको हातबाट बाहिरियो पनि ।निर्देशकसँग उनको मनमुटाव भयो । एक वर्ष यो क्रम चलिरह्यो। त्यसपछि उनले सिनेमामा विश्राम लिने निर्णय गरिन्। उनी छुट्टी मनाउन जाँदा उनलाई छिट्टै मुम्बई आउन भनियो। उनले तेलुगु सिनेमाका निर्देशकहरूलाई भेट्नु थियो।

उनीहरुको भेट भयो र भोलिपल्ट हैदराबादमा सुटिङ सुरु भयो । फिल्म ‘बोबली राजा’ थियो जसमा दिव्या भारतीसँग वेंकटेश थिए ।

यो सन् १९९० को कुरा हो । त्यसपछि सबै कुरा छिटो-छिटो भयो र न त दर्शकले सोच्ने मौका पाए न त दिव्याले नै । 
‘बोबली राजा’ हिट भयो र त्यसपछि उनले तेलुगु फिल्म गर्न थालिन् । सन् १९९१ मा उनले तेलुगु सिनेमाका चर्चित अभिनेता चिरञ्जीवी र मोहन बाबुसँग काम गरिन्।

फिल्महरू थिए 'राउडी अल्लुडु' र 'एसेम्बली राउडी'। 

एकै वर्षमा ३ सिनेमा सुपर हिट

त्यही वर्ष तेलुगु सिनेमामा चर्चित भएपछि उनलाई हिन्दी फिल्मको अफर आयो । उनले १९९२ र १९९३ को बीचमा १४ भन्दा बढी हिन्दी फिल्महरूमा अभिनय गरिन्, जसले हिन्दी सिनेमाको क्षेत्रमा रेकर्ड कायम गर्‍यो।

उनको पहिलो हिन्दी फिल्म ‘विश्वात्मा’ जनवरीमा आएको थियो। फिल्मको ‘सात समन्दर पार’ गीत हिट भयो । अर्को महिना गोविन्दा र दिव्याको ‘शोला और शबनम’ आयो र फिल्म हिट भयो । शाहरुख, दिव्या र ऋषि कपूरको ‘दीवाना’ जुलाईमा आयो । यो एकै वर्षमा शाहरुखको पहिलो र दिव्या भारतीको तेस्रो हिट फिल्म थियो। अब उनी ठूलो स्टार बन्नेमा कसैलाई शंका थिएन ।

‘शोला और शबनम’ को सुटिङका ​​क्रममा साजिद नाडियाडवालासँग उनको भेट भयो र विवाह गरिन् । यद्यपि विवाहको बारेमा धेरैलाई थाहा थिएन । आयशा जुल्काले भनिन्, 'उनी धेरै हँसिली थिइन् र तपाई आफैं उनीप्रति आकर्षित हुनुहुने छ। उनी धेरै प्यारी थिइन् र सबैको माया लिन्थिन्। उनी मेरी साथी पनि थिइन्। उनले मेरो लागि किनमेल पनि गर्थिन्।'

उनको सन् १९९३ मा रिलिज भएको पहिलो फिल्म ‘क्षत्रिय’ थियो । यस फिल्ममा दिव्या, रविना, सनी र सञ्जय दत्त थिए ।यो फिल्म मार्चमा आएको थियो र अप्रिलमा दिव्याको मृत्यु भयो । ‘क्षत्रिय’ उनको जीवनकालको अन्तिम सिनेमा बन्यो।

रविना टण्डन भन्छिन्, 'उनी सानै थिइन्, धेरै भावुक थिइन् र कसैको कुरा सुन्दिन थिइन्। सायद यही कुरा उनको मृत्युको कारण बन्यो कि।'दिव्या भारतीको एक वर्षको कामले उनलाई यति उचाइमा पुर्‍याएको छ कि मृत्युको २५ वर्षपछि पनि मानिसले उनलाई बिर्सन सकेका छैनन्। ‘सात समुंदर पार’, ‘दीवाना तेरा नाम राख दिया’ जस्ता गीतहरू अहिले पनि मानिस गुनगुनाउँछन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.