स्थानीय तह निर्वाचन : लमजुङमा चार दलको गठबन्धन

स्थानीय तह निर्वाचन : लमजुङमा चार दलको गठबन्धन

बेंसीसहर : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लमजुङमा सत्तारुढ चार दलको गठबन्धन हुने भएको छ । मंगलबार कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का जिल्लास्तरीय नेताहरूको बैठकले निर्वाचनमा एक भएर अगाडि बढ्ने निर्णय गरेका हुन् ।

कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङको संयोजकत्वमा बसेको बैठकले जिल्लाका सबै वडादेखि गाउँ र नगरपालिकासम्म नै गठबन्धन गरेर निर्वाचनमा अघि बढ्ने निर्णय गरेको हो । बैठकले गठबन्धनमा भएका राजनीतिक दलका केन्द्रीय निर्णयको स्वागत गर्दै केन्द्रीय निर्देशनबमोजिम नै वडा तहदेखि नै प्रतिवेदन तयार गर्न सबै दलका एक–एक प्रतिनिधि रहने गरी चार सदस्यीय कार्यदलसमेत गठन गरेको लमजुङ कांग्रेसका सभापति गुरुङले जानकारी दिए ।

कार्यदलमा कांग्रेसका तर्फबाट जिल्ला सभापति गुरुङ, माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक एवं गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबाबु अधिकारी र  जसपाका जिल्ला अध्यक्ष गमबहादुर तामाङ रहेका छन् । जिल्ला तहमा कुन ठाउँमा कसले नेतृत्व गर्ने भन्ने विषयमा भने निर्णय भइसकेको छैन । माओवादी लमजुङका संयोजक गुरुङले केन्द्रीयस्तरबाट भएको गठबन्धन जिल्ला र वडा तहमा पुग्ने बताइन् ।

एकीकृत समाजवादीका अध्यक्ष रामबाबु अधिकारीले स्थानीय तह निर्वाचनमा तल्ला तहसम्म नै अध्ययन गरेर जनताको भावनाअनुसार उम्मेदवार छनोट हुने गरी संयन्त्र निर्माण गरिने र आगामी दिनमा सोहीअनुसार उम्मेदवार टुंगो लाग्ने बताए । जसपाका जिल्ला अध्यक्ष तामाङले केन्द्रीय निर्णयलाई स्वागत गर्दै जिल्लामा पनि गठबन्धनलाई प्रभावकारी बनाएर अगामी निर्वाचन गठबन्धनको पक्षमा ल्याउने गरी लागेको बताए ।

जिल्लामा ४ नगरपालिका र ४ गाउँपालिका छन । अघिल्लो स्थानीय तहको निर्वाचनमा लमजुङमा नेकपा एमाले र माओवादी केन्द्रविच चुनावी एकता भएको थियो । सो समयमा  एमाले र माओवादी केन्द्रबीच ५ तहको प्रमुख र उपप्रमुखमा एमाले र ३ तहको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवार उठाएका थिए । 

जसमा एमालेले बेसीसहर, सुन्दरबजार, राइनास नगरपालिका, क्होँलासोँथर र मस्र्याङ्दी गाउँपालिकाको प्रमुख, बेसीसहर नगरापालिका, मध्यनेपाल नगरपालिका, दोर्दी र क्होँलासोँथर गाउँपालिका उपप्रमुख पनि एमालेले जितेको थियो ।  गठबन्धन भएपनि माओवादीले दोर्दी गाउँपालिका प्रमुख र मस्र्याङ्दी गाउँपालिकाको उपप्रमुख मात्र जितेको थियो । मध्यनेपाल, राइनास र दुधपोखरीमा माओवादी उमेद्वार पराजित भएका थिए भने एमालेको दुधपोखरी गाउँपालिकाको उपप्रमुख उमेद्वार पराजित भएका थिए । 

अघिल्लो निर्वाचनमा काँग्रेसले दुधपोखरी गाउँपालिकाको प्रमुख र उपप्रमुख, मध्यनेपाल नगरपालिकाको प्रमुख, राइनास र सुन्दरबजार नगरपालिकाको उपप्रमुख जितेको थियो । जिल्लामा कुल ७५ वडा रहेका छन । वडामा मिश्रित परिणाम आएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.