पिकअप र मोटरसाइकल ठोक्किदाँ एकजनाको मृत्यु

पिकअप र मोटरसाइकल ठोक्किदाँ एकजनाको मृत्यु

ढल्केवर(धनुषा) : धनुषामा पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किदाँ एकजनाको मृत्यु भएको छ। मंगलवार विपी राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारामा पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किदाँ मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–५ बस्ने ५६ वर्षीय शेरबहादुर राई रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए। उनका अनुसार सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको गरेको प्रदेश १–०२–००२च ५२६३ नम्बरको पिकअप र विपरित दिशाबाट जाँदै गरेको बा ५२ प ५१३० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु भएका राईको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाइएको प्रहरी निरीक्षक सुवेदीले जनाए। ठक्कर दिने पिकअप र त्यसका चालक सुनसरीको बराह नगरपालिका–७ बस्ने २४ वर्षीय मनिष खत्री प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.