६० वर्षपछि पनौतीमा हरसिद्धी जात्रा हुँदै

६० वर्षपछि पनौतीमा हरसिद्धी जात्रा हुँदै

काभ्रे : हरेक १२ वर्षमा लाग्ने ऐतिहासिक हरसिद्धी जात्रा यो वर्ष ४ दिन मनाउने तयारीमा स्थानीयहरु जुटेका छन्। यहिँ चैत्र २८ गतेबाट सुरु भएर २०७९ बैशाख १ गतेसम्म यो जात्रा पनौतीमा लाग्ने आयोजकले मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

चैत्र २८ गते ललितपुरको हरसिद्धीबाट देवगण (नाच देखाउने तालिम प्रप्ता युवाहरु) सहितको १ सय भन्दा धेरै पनौतीमा हरसिद्धी नाचको लागि आउने हरसिद्धी जात्रा मूल ब्यवस्थापन समिति अध्यक्ष सुरेश सैजुले जानकारी दिए। पहिलो दिन पनौती आउने देवगणसहितलाई स्वागत गर्ने, दोस्रो र तेस्रो दिन चैत २९ र ३० गते पनौतीको मुख्य बजारमा रहेको हरसिद्धी डबली, मुख्य बजारमा नाच प्रर्दशन गरिने सैजुले बताए। 

दुई दिन नाच सकेपछि बैशाख १ गते बिधिवतरुपमा पनौतीबाट हरसिद्धी नाच देवगण टोलीलाई बिधाई गरिने प्रचलन रहेको सैजुले बताए। ललितपुरको हरसिद्धीबाट पनौती आउने देवगणहरु २९ जना रहेको जात्रा समितिले जनाएको छ।

 
विस २००६ सालमा पनौतीमा बिधिवतरुपमा हरसिद्धी नाच जात्रा भएको तर त्यसपछिको २०६६ सालमा स्व बिष्णुदास स्याउलको नेतृत्वमा जात्रा ब्यवस्थापनको लागि अघि बढेतापनि बिधिवतरुपमा जात्रा हुन सकिरहेको थिएन। 

यो वर्ष हरेक १२ वर्षमा लाग्ने उक्त जात्रा नाच पनौतीमा बिधिवतरुपमा संचालनको लागि सबै तयारी गरिरहेको हरसिद्धी जात्रा आर्थिक समितिको संयोजक पुरुषोतम कर्माचार्यले जानकारी दिए। 

हरसिद्धी नाच जात्राको समयमा त्रिशाक्ति हरसिद्धीको पनौतीमा बास रहुन्जेल अन्य कुनै बाजा बजाउन नहुने पूजाको समयमा कुखुराको मासु, अण्डा र लसुनसमेत निषेध गरिएको जात्रा ब्यवस्थापन समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.