युवा उत्पादनमा जोड् दिँदै रोशी गाउँपालिका

युवा उत्पादनमा जोड् दिँदै रोशी गाउँपालिका

काभ्रे : काभ्रेको रोशी गाउँपालिकाले सुरु देखिनै नीतिगत कार्यक्रमहरु सार्वजानिक गरेर काम गरिरहेको छ। रोशी गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार एक गाउँ एक अधिकृत, एक गाउँ एक इन्जिनियर प्रोत्साहन कार्यक्रम संचालनमा ल्याएको गाउँपालिका अध्यक्ष डिबि लामाले जानकारी दिए। यो वर्ष रोशी गाउँपालिकाले खुल्लारुपमा सूचना जारी गरेर नै युवा प्रोत्साहन कार्यक्रमको लागि आह्वान गरिएको थियो।

गाउँपालिकाले सूचना नै जारी गरेर गरिएको युवा प्रोत्साहन कार्यक्रम स्थानीय सरकारको राम्रो कार्यक्रम भएको भन्दै धेरै युवाहरुले चासो लिएको पालिकाले जनाएको छ।

पालिकाले आफ्नो जेष्ठ नागरिकहरु राम्रोसँग पालनपोषण गर्ने परिवारलाई हरेक वर्ष नगदसहित श्रवण कुमार सम्मान कार्यक्रम गर्दै आएको छ। सुरुवात देखिनै १ देखि १२ वडाभित्र दुई जनालाई हरेक वर्ष उक्त श्रवण कुमार सम्मान गरिदैँ आएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए। पालिकाले हरेक वर्ष २४ परिवारलाई नगदसहित पालिकाले सम्मान गर्दै आएको छ।

अधिकृत प्रोत्साहनतर्फ रोशी-१० का गरिमा जिम्बा र रोशी-९ का प्रेरणा क्यापच्छाकी मगरलाई गाउँपालिकाले छनोट गरेर नगद २५–२५ हजार बितरण गरिएको अध्यक्ष लामाले जानकारी दिए। त्यस्तै गाउँपालिकाले ल्याएको युवा इन्जिनियर प्रोत्साहन वडा नं ६ का नरेश लामा नगद ५० हजार रकम हस्तान्तरण गरिएको अध्यक्ष लामाले बताए।

युवा उत्पदानमा प्राविधिक पक्षमा स्थानीय सरकारको प्रत्यक्ष सहयोग हुनुपर्छ भन्ने मान्यतालाई गाउँपालिकाले नीतिगतरुपमा लिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए। गाउँपालिकाले युवा प्रोत्साहन कार्यक्रम अन्तर्गत ५ जना युवाहरुलाई गत वर्ष रकम वितरण गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.