शान्ति समाजको 'हिमालय बचाऔं, नदी जोगाऔं' अभियान
सन्धिखर्क : मानव अधिकार तथा शान्ति समाज केन्द्रीय समितिले देशव्यापीरुपमा हिमालय बचाऔं, नदी जोगाऔं अभियान सञ्चालन गरेको छ । जलवायु परिवर्तन तथा मानिसले फोहर व्यवस्थापन गर्दा हिमाल र नदीहरु सुक्दै गएको निष्कर्ष निकाल्दै मानव अधिकार तथा शान्ति समाजले यो अभियान सञ्चालन गरेको हो ।
प्रकृतिले दिएको उपहार हिमालमा मानिसहरुले गरेको फोहोर, तथा प्लाष्टिकजन्य पलार्थले भरिदा समेत सम्बन्धित निकायले पहल नगरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले अभियान सञ्चालन गरेको समाजका अध्यक्ष गोविन्द खनालले बताए । देशका विभिन्न जिल्लामा अभियानकैरूपमा सञ्चालन गरिएको कार्यक्रम सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । उपल्लो मुस्तांगको लोमान्थांगबाट सुरु भएको अभियान कास्की, पाल्पा, गुल्मीहुँदै अर्घाखाँचीमा सम्पन्न भएको अध्यक्ष खनालले जानकारी दिए ।
हिमाल नभए वातावरणीय असन्तुलन हुने भन्दै हिमाल जोगाउन सरकारले नै जतिसक्दो छिटो पहल गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।