साथीलाई गोली हानी हत्या गरेको आरोपमा मनोज महरा पक्राउ

साथीलाई गोली हानी हत्या गरेको आरोपमा मनोज महरा पक्राउ

जनकपुरधाम : साथीको चक्कु र गोली हानी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। धनुषाको हंसपु्र नगरपालिकामा गोली हानी साथीलाई गहुँ खेतमा फालेका युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका-७ नौवाखोरका २० वर्षीय मनोज महरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार बुधबार हंसपुर नगरपालिका-७ का १८ वर्षीय विजय रामको हत्या गरी गँहु खेतमा फालिएको अवस्थामा शव फेला परेको थियो।

शव फेला परेको खबरपश्चात प्रहरीले गरेको अनुसन्धानबाट यस घटनामा महरासहित तीन जनाको संलग्नता रहेको खुलेको छ। प्रहरी निरीक्षक विक्रम साहको नेतृत्वमा खटेको अनुसन्धान टोलीले घटनास्थलको सुक्ष्म अनुसन्धान र विभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्दा विजय राम मंगलबार राति ७ बजे ३ जना साथीहरुसँग घर बाहिर घुम्न जाने बहानामा निस्केका थिए।

प्रहरीले घटनामा महरालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा हंसपुर-७ कै १९ वर्षीय पंकज मण्डल, २२ वर्षीय जितु मण्डल र महराले मिलेर विजय रामलाई गोली हानी हत्या गरेको खुलेको प्रवक्ता बस्नेतले बताए। तीनै जनाले पुरानो रिसिबीको कारण विजयको हत्या गरेको खुलेको हो।

धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले हत्या गरिएका युवा र हत्या गर्ने सबैजना साथी नै रहेको र सोही क्रममा उनीहरुबीच विवाद हुँदा हत्याको योजना बनेको बताए। ‘यिनीहरु सँगै लागुऔषध खाने गरेका थिए। सोही क्रममा विवाद भएछ। हत्या भएका युवाले विभिन्न व्यक्तिको घरमा चोरी गर्ने साथीहरुको नाम भनेपछि प्रहरीले खोजतलास गर्दा दुःख हुन्थ्यो। त्यसपछि हत्याको योजना बनाएको खुलेको छ,’ उनले भने।

घटनास्थलबाट बरामद भएको चस्मा र सर्ट पंकज मण्डलको रहेको मृत्तकका बुबा र पक्राउ परेका महराले सनाखत गरेका हुन्। पक्राउ परेका मनोजलाई ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा म्याद लिई अनुसन्धान गरिरहेको र फरार रहेका दुबै जनाको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.