सहयोग जुटाएर बीपी प्रतिष्ठानलाई ह्विलचियर वितरण
धरान : बिरामीको उपचारमा लथालिङ्ग बनेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई फेसबुकबाट सहयोगजुटाएर ह्विलचियर वितरण गरिएको छ। प्रतिष्ठानको आकस्मिक कक्षमा बिरामीले भोग्नुपरेको अपठ्यारोलाई सहज पुर्याउने उद्धेश्यले सहयोग जुटाएर १० थान ह्विलचियर वितरण गरिएको छ।
धरान सरोकार समाज नामको फेसबुक पेजमार्फत आर्थिक सहयोग जुटाएर प्रतिष्ठानलाई शुक्रबार ह्विलचियर वितरण गरेको फेसबुकका अभियन्ता तथा धरानका अग्रज पत्रकार महेश श्रेष्ठले बताए। ह्विलचियरका लागि सहयोग गर्ने दाताहरुले प्रतिष्ठानको आकस्मिक कक्षका इन्चार्ज डा मासुम पौडेललाई हस्तान्तरण गरिएको छ।
प्रतिष्ठानको आकस्मिक कक्षकी इन्चार्ज डा मासुम पौडेलले बिरामीको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले ह्विलचियर प्रदान गर्ने सबैलाई धन्यवाद दिईन। उनले ह्विल चियर प्राप्त भएपछी आकस्मिक कक्षमा विरामीलाई उपचार गर्न केही सहज हुने बताईन्।