महोत्तरीको औरहीमा लालपूर्जा वितरण
महोत्तरी : महोत्तरीको औरहीमा सुकुम्बासीलाई लालपूर्जा वितरण गरिएको छ। शुक्रबार दिउँसो औरही नगरपालिका-६ वैरियाँमा आयोजित एक कार्यक्रमकाबीच स्थानीय २७८ जनालाई लालपूर्जा वितरण गरिएको हो।
नापी कार्यालय महोत्तरी जलेश्वरको २ नं. टोलीले साविककोल खोपी गाविस वडा नं. २, ३, ४ र ५ नं.को वासीलाई लालपूर्जा वितरण गरिएको नगरप्रमुख सुनिलकुमार यादवले बताए। गाँउ व्लक लालपूर्जा वितरण कार्यक्रम अन्तर्गत उनीहरुलाई लालपूर्जा वितरण गरिएको नापी अधिकृत राकेश कुमार झाले जानकारी दिए।
उनीहरुले अब सरकारीस्तरको हरेक सेवा सुविधा प्राप्त गर्न सक्ने अधिकृत झाले बताए। हालसम्म जिल्लाका विभिन्न स्थानमा गरी ५ हजार १ सय जनालाई लालपूर्जा वितरण गरिएको अधिकृत झाले जानकारी दिए।