प्रादेशिक अस्पताल प्रतिष्ठानबाट अलगको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

प्रादेशिक अस्पताल प्रतिष्ठानबाट अलगको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

जनकपुरधाम : मधेस सरकारको स्वामित्वमा रहेको प्रादेशिक अस्पताल जनकपुरधामलाई मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत गाभिएपछि स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन्। प्रादेशिक अस्पताल जनकपुरधामका स्वास्थ्यकर्मी तथा अस्पताल मातहत रहेको नर्सिङ्ग कलेजका विद्यार्थीहरु नगरमा प्रदर्शन गर्दै मधेस प्रदेशका सभामुखलाई प्रादेशिक अस्पताललाई प्रतिष्ठानबाट हटाउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन्।

आन्दोलित कर्मचारी तथा विद्यार्थीहरु तीन बुँदे माग राख्दै प्रदेश सरकार विरुद्ध प्रदर्शन गरेका छन्। प्रादेशिक अस्पताल जनकपुरधामलाई ‘पूर्ण सरकारी संस्था कायम गर, प्रादेशिक अस्पताल जनकपुरधामको मातहतमा रहेको एक मात्र जनकपुर नर्सिङ क्याम्पसलाई अन्यत्र सार्न पाईदैन् र विकास समितिलगायतका कर्मचारीहरुलाई पूर्ण रुपमा व्यवस्था गर’ भन्दै विभिन्न प्लेकार्डसहित नगरभरि प्रदर्शन गरेका हुन्।

प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सक डा. रामनरेश पण्डितले प्रादेशिक अस्पताललाई मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत नराखि छुट्टै राख्नुपर्ने धारणा राखे। ‘प्रादेशिक अस्पताल छुट्टै अस्पताल हुनुपर्यो। हामी चाहन्छौं मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि छुट्टै बनोस् र यो प्रादेशिक अस्पताल प्रदेशभरिको सेन्ट्रल अस्पताल बनोस्। किनभने यो प्रदेश सबैभन्दा बढी जनसंख्या भएको प्रदेश हो र यो प्रदेशमा अशिक्षा, गरिबी र रोग बढी भएको प्रदेश हो। त्यसैलाई प्रादेशिक अस्पताललाई अरुको स्वामित्वमा होईन आफ्नै स्वामित्व प्राप्त होस्’ डा. पण्डितले भने।

प्रादेशिक अस्पताल प्रतिष्ठान अन्तर्गत भए खिचडी हुने डा. पण्डितको भनाई छ। उनले भने, ‘यहाँ तीन प्रकारका कर्मचारी छन्,  एउटा नेपाल सरकारको जो लोकसेवाबाट आएका छन्, अर्को विकास समितिका कर्मचारी र अब प्रतिष्ठानका कर्मचारी पनि भए। तीन थरीको कर्मचारी हुँदा संस्था चल्दैन्। सबैको आ–आफ्नो उद्देश्य छ।’ प्रदेशसभाबाट नै यो ऐन कानून बनेर लागू भएकोले सभामुख तथा सांसदहरुसँग अनुरोधका लागि प्रदेशसभामा आएको डा. पण्डितले बताए।

त्यस्तै नर्सिङ क्याम्पसमा अध्ययनरत एन्जिला शर्माले प्रादेशिक अस्पताल गए क्याम्पस पनि जाने भएकोले आन्दोलनमा आएको बताईन्। उनले आफूहरु अध्ययन गरिरहेको कोर्स प्रतिष्ठानमा नरहेकाले अब आफूहरु यता न उताको भएको बताईन्। मधेस सरकार मातहत रहेको प्रादेशिक अस्पताल प्रतिष्ठान गठनपछि प्रतिष्ठान अन्तर्गत सञ्चालनमा आईसकेको छ। केही दिन अघि मात्र अस्पतालका मेसुलाई पदमुक्त गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.