सुदूरपश्चिम सरकार पुनर्गठन, कांग्रेसबाट तीन मन्त्रीले लिए सपथ

सुदूरपश्चिम सरकार पुनर्गठन, कांग्रेसबाट तीन मन्त्रीले लिए सपथ

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ। पुनर्गठित मन्त्रिपरिषद्‌मा कांग्रेसले तीन मन्त्रीसहित सहभागिता जनाएको छ।

आज रातिदेखि निर्वाचन आचारसंहिता लागु हुने भएपछि हतार हतारमा कांग्रेसलाई सरकारमा सहभागी गराएर मन्त्रीहरुको सपथ गराइएको छ।

मन्त्रिपरिषद्‌मा कांग्रेस संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानून मन्त्री, गोबिन्द बोहरा सामाजिक विकास मन्त्री र टेकबहादुर रैकाले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्। उनीहरुलाई प्रदेश प्रमुखले सपथ ग्रहण गराएका छन्।

यसअघि यी मन्त्रालय नेकपा एकीकृत समाजवादीले सम्हाल्दै आएको थियो। समाजवादीबाट आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको छ।

यस्तै केही मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ। भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुमारी चौधरीलाई फिर्ता बोलाएर समाजवादीले कुलवीर चौधरीलाई पठाएको छ।

अर्थ राज्यमन्त्रीबाट माया तामाङ बोहरालाई फिर्ता बोलाएर अमर साउदलाई नियुक्त गरिएको छ। समाजवादीबाट सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद पनि फिर्ता भएकी छन्। उनको ठाउँमा कांग्रेसबाट रैकाले जिम्मेवारी पाएका हुन्।

यसअघि सम्म प्रतिपक्षमा रहेको काँग्रसले स्थानीय तहको निर्वाचन नजिकिँदै गइरहेको बेला सत्तारुढ गठबन्धनले केन्द्रबाटै चुनावी तालमेल गर्ने निर्णय गरे पनि सुदूरपश्चिम प्रदेशमा काँग्रेसले आफूलाई सरकारमा सामेल नगराएकाले स्थानीय निकायको चुनावमा गठबन्धन हुन नसक्ने बताउँदै आएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.