निर्वाचन अचारसंहिता मिच्नेलाई राम राम भन्न सकिन्छ, काँधै हाल्न सकिन्न : प्रमुख आयुक्त थपलिया
काठमाडौं : प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता कार्यान्वयमा सरोकारवाला व्यक्तिहरु जिम्मेवार बन्नुपर्ने बताएका छन्। आयोगको मिडिया सेन्टरमा आचार संहिता लागू भएपछि बोल्दै यसको उल्लघंन गरे कडा कारवाही हुने बताएका हुन्।
प्रभावकारी ढंगले कार्यान्वयन गर्न सबै पक्षलाई आयोगले आग्रह गरेको छ। आचारसंहिता राम्रो रहेकोले आम नागरिकबाट यसको कार्यान्वयको पक्ष बलियो बनाउन आग्रह गरेको उनले बताए।
‘यदि सबैले यो कुरो मन, वचन, कर्मले भनेका छन् भने कार्यान्वयन हुन्छ,’ प्रमुख आयुक्त थपलियाले भने, ‘बाहिरी मनले भनेका छन् भने उल्लघंन हुन्छ। अचारसंहिता मिच्नेलाई राम राम भन्न सकिन्छ काँधै हाल्न सकिन्न। निर्वाचन कसुरमा कारवाही हुन्छ। कसैलाई छुट छैन।’
स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना नभएसम्म आचारसंहिता अनुगमन प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतले गर्ने छन्।