सोनम कपुरको दिल्लीको घरमा चोरी

सोनम कपुरको दिल्लीको घरमा चोरी

नयाँ दिल्ली : बलिउड अभिनेत्री सोनम कपुर र उनका पति आनन्द आहुजाको दिल्लीको घरमा चोरी भएको छ । उनीहरुको घरबाट चोरहरुले १ करोड ४१ लाख भारु बराबरका गरगहना र नगद चोरेका छन् । यस विषयमा प्रहरीले एफआईआर दर्ता गरेको छ ।

सोनमको नयाँ दिल्लीस्थित अमृता शेरगिल मार्गमा बनेको यो घरमा सोनमका ससुरा हरीश आहुजा, सासू प्रिया आहुजा र आनन्दकी हजुरआमा सरला आहुजा बस्छन्।

सोनमकी सासूले यस विषयमा तुघलक रोड प्रहरी चौकीमा उजुरी दिएकी छिन् र यो सम्पूर्ण विषयमा उनका स्टाफसँग छलफल भइरहेको छ । दिल्ली प्रहरीले चोरहरूलाई पक्रन टोली पनि बनाएको छ। यससँगै दिल्ली प्रहरीले घरका २५ कर्मचारी, ९ केयरटेकर, चालक, माली र अन्य कर्मचारीसँग सोधपुछ गरिरहेको छ ।

म्यानेजर तुघलक रोड प्रहरी चौकी पुगे

सोनमकी सासू सरला आहुजा र म्यानेजर रितेश गौरा चोरीको उजुरी गर्न २३ फेब्रुअरीमा तुघलक रोड प्रहरी चौकी पुगेका थिए । प्रहरीमा उजुरी दिँदै सरला आहुजाले कोठाको अलमिराबाट १ करोड ४० लाख रुपैयाँका गरगहना र १ लाख नगद चोरी भएको बताएकी छन् । उनले दुई वर्षअघि कपाटमा गहना रहेको तर फागुन ११ गते जाँच गर्दा गरगहना र नगद हराइरहेको बताए ।

प्रहरीले यस विषयमा एफआईआर दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । प्रहरीले नजिकैको सीसीटीभी फुटेज पनि स्क्यान गरिरहेको छ र फोरेन्सिक टोलीको सहयोग लिने सोचमा छ । यो कुरा निकै पुरानो भइसकेको तर अहिले यो कुरा बाहिर आउन थालेपछि छिट्टै चोर पक्राउ पर्ने प्रहरीको विश्वास छ । सोनम र आनन्द भने मुम्बईमा बस्छन्। एबीपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.