एमालेको जनलहर देखेर आत्तिएका दलले चुनावी गठबन्धन गरे : उपमहासचिव रिमाल
नुवाकोट : नुवाकोटको भूगोलबाट नेकपा एमाले पार्टीको केन्द्रीय समिति, प्रदेश र जिल्लागत पदीय भूमिकामा पदमा रहेकाहरुलाई नुवाकोटमा सम्मान गरिएको छ। विशेष कार्यक्रमकाबीच शनिबार एमाले विदुर नगर कमिटीले चार दर्जन व्यक्तिहरुलाई सम्मान गरेको हो।
नेकपा एमाले विदुर नगर कमिटीले अशोकबाटिकामा आयोजित कार्यक्रममा नेकपा एमालेका केन्द्रीय उपमहासचिव विष्णु रिमालसहित ४६ जना व्यक्तिहरुलाई सम्मान गरेको हो। रिमाल विदुर नगरपालिका १२ गौरीवेशीका स्थायी बासिन्दा हुन्।
अन्य सम्मानित हुने अन्यमा विदुर नगरको भूगोलबाट प्रतिनिधित्व गर्ने वागमति प्रदेश कमिटी सदस्यहरु, जिल्ला पदाधिकारीहरु, सचिवालय सदस्य र जनसंगठन केन्द्रीय पदाधिकारीहरु रहेका छन्। सबै जनालाई विदुर नगरपालिका-२ अशोकवाटिकामा सम्मान कार्यक्रम गरिएको नगर कमिटी अध्यक्ष नवीन प्रधानले बताए।
प्रमुख अतिथि एमाले उपमहासचिव विष्णु रिमालले एमालेको देशैभर उर्लेको जनलहर देखेर अत्तालिएका दलले चुनावी गठबन्धन गरेको बताए। उनले देशमा एमालेसँग एक्लै चुनावमा जाने हिम्मत नभएर सत्तारुढ दलहरुले सत्ताकै लागि मात्र नाम मात्रको गठबन्धन गरेहो दाबि गरे।
सोही कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा नुवाकोट इन्चार्ज विन्दा ढुंगाना, केस उषाकिरण तिमिल्सिना र बागमती प्रदेश कमिटी संयोजक केशवराज पाण्डे, एमाले नुवाकोटका अध्यक्ष तथा वागमति प्रदेश सभा सदस्य वद्री मैनाली, प्रतिनिधि सभा सदस्य नारायणपसाद खतिवडालगायतका वक्ताहरुले अबको स्थानीय निर्वाचनमा एमालेले विजय हुने आधार तय गरिसकेको बताए।