पाँचखपनका नगर प्रमुखद्वारा गाडी फिर्ता
सङ्खुवासभा : सङ्खुवासभाको पाँचखपन नगरपालिका नगर प्रमुख विपिन राईले आफूले प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई फिर्ता गरेका छन्। राईले प्रयोग गर्दै आएको को१झ ५४० नंको स्कार्पियो गाडी फिर्ता गरेका हुन्।
शुक्रबार गाडी र मोटरसाइकलको चाबी प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडालाई हस्तान्तरण गरेका हुन्। स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा बहालवाला जनप्रतिनिधिले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्न थालेका छन्।
निर्वाचन आचारसंहितालाई ध्यानमा राखी सवारीसाधन फिर्ता गरेको राईले बताए।