सत्य अर्थात् श्रीराम

सत्य अर्थात् श्रीराम

विश्वमा एक मात्र हिन्दू राष्ट्र नेपाल हो। यो देशमा ८१ प्रतिशतभन्दा बढी हिन्दूको बाहुल्यता छ। महान् चाड पर्वमध्ये रामनवमी पनि एक हो। यो पर्व प्रत्येक वर्ष चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीमा पर्छ।

यसर्थ प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्रीरामचन्द्रको जन्मदिनको रूपमा लिइन्छ। यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान् श्रीरामका साथै आद्य शक्ति नवदुर्गादेवीको पनि पूजा हुन्छ। त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मेका श्रीरामले दानवीय प्रवृित्तका रावणको अन्त्य गरी जनकल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ। श्रीराम एक असल स्वभाव र मर्यादा पुरुषोत्तमका रूपमा यो संसारमा जन्म लिएका थिए। आजसम्म पनि पृथ्वीभरमा यिनको नाम अमर भएको छ। यिनले असत्यताको अन्धकार माथि सत्य अनि मर्यादाको उज्यालोको ज्योति विश्वभरि फैलाएका छन्।

नेपाल, भारत, बंगलादेश, म्यानमार, थाइल्यान्ड, श्रीलंका, फुजी टापु, साउथ अफ्रिका अनि इन्डोनेसियासम्म रामको जीवन अनि घटनाक्रम झल्काउने नाटक, सभा, कीर्तनलगायत कार्यक्रम गर्दै हिन्दू धर्मावलम्वीद्धारा मनाइन्छ। रामनवमीका दिन राजधानीको बत्तीसपुतली, ललितपुर र भक्तपुरका अन्य राम मन्दिरमा भक्तजनहरूको भीड लाग्ने गर्छ। रामनवमीमा जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्छ। आज देशभरका नदी, ताल एवं कुण्डहरूमा नित्य स्नान गरी ब्रत बस्ने गरिन्छ। रामगीता पाठ गरिन्छ। साथै अध्यात्मयुक्त वाल्मिकीकृत्य भानुभक्तीय रामायणसमेत वाचन गरिन्छ। यसरी वाल्मिकी पुराण अनुसार भगवान् रामको जन्म पाँचवटा ग्रहहरू उच्च स्थानमा रहेका थिए। रामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको सधैं ख्याल गरेका कारण उहाँलाई मर्यादा पुरुषोत्तम भनिएको हो। यसर्थ रामको राज्य रामराज्य अर्थात् न्यायका लागि नमुना मानिन्छ।

भगवान् श्रीरामको जन्म इशापूर्व ७ हजार ३ सय ९३ तिर दिनको मध्यान्न समयमा भएको अनुमान गरिएको थियो। अतः अयोध्याका राजा दशरथका जेठा छोराका रूपमा जन्म लिएका रामले मिथिलापुत्री तथा राजा जनककी छोरी सीतासँग विवाह भएको थियो। राम र रावणको जन्म कुण्डली एकै प्रकारको रहेको थियो। दशरथ राजाका चार छोरामा राम, भरत, लक्ष्मण र शत्रुधन नाम गरेका थिए। भरतकी माता कैकेयीले छलपूर्वक दशरथ राजालाई परिबन्दमा पारेर रामलाई १४ वर्ष वनवास पठाएकी थिइन्। तर रामका प्रिय भक्त भएका कारण भरतले पनि वनमै पुगेर रामले लगाउने खराउलाई सिंहासनमा राखेर पुजेको किंवदन्ती छ।

भगवान् रामका सबैभन्दा असल साथी हनुमान हुन्। रामभक्त हनुमान रावणराज्य लंका तहसनहस बनाउने प्रमुख पात्र पनि हुन्। रामलाई हिन्दू धर्म संस्कृतिमा सबैभन्दा धेरै पुजिने भगवान्का रूपमा लिइन्छ। राम अनि रावणको कुरा गर्दा दक्षिणी भारतलगायत श्रीलंका अनि माल्दिभ्ससम्म अझै पनि रावणलाई पनि राम जत्तिकै श्रद्धा मानेर पूजा गर्ने चलन छ। रामायणले समावेश नगरेको भए पनि रावण आफैं अत्यन्त ज्ञानी भएको पाइन्छ। अनि मर्यादा पुरुषोत्तम रामको हातबाट बध भएमा मात्र आफू बैकुण्ठलोक पुग्ने भएकाले सीताको अपहरण गरी रामलाई आफूसँग युद्ध गर्न घटना रचेको भन्ने तर्क पनि छन्। राम अनि सीताको जीवनको इर्दगिर्दमा रहेर तुलसीदासले अवधी भाषामा कथेका छन्, रामचरित्रमानस। यसै रामचरित्रमानसका अवधी श्लोकहरूका आधारमा आज नेपालको तराईलगायत भारतका विभिन्न ठाउँमा रामलीला अनि श्लोकहरूकै लय अनि माधुर्यतामा रामसीताका कथाहरू प्रस्तुत गरिन्छन्। हाम्रो देशको पवित्र नगरी जनकपुरको गंगासागर मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो लाग्छ। पवित्र पोखरी गंगासागरमा स्नान गरी श्रद्धालुले जानकी मन्दिरसहित विभिन्न मठमन्दिरमा पूजापाठ गर्ने प्रचलन छ।

वाल्मिकी रामायणको एउटा घटनाक्रमबाट एकदिन वनवासको बेला मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र सीताबीच लुकामारी चल्छ। एउटा सामान्य दम्पतीजस्तै मायालु भावबीच चलिरहेको लुकामारीमा राम एक्कासि धेरै बेरसम्म लुक्छन्। जंगलमा रहेकी सीताले एउटा मिठो बिलौना अझ भनौं पुकार गर्नुहुन्छ। यसरी यस्ता धेरै रोमाञ्चक भजन, घटनाक्रम अनि पात्रहरूले रामायणको समग्र प्रस्तुतिलाई एउटा महान् ग्रन्थ बनाउन सकेको हुनुपर्छ। यसको साथै सीताको जीवनको वरिपरि रहेर तुलसीदासले रामचरित्रमानसमा अवधी भाषामा कथेका छन्।

यस्तै रामचरित्रमानसका अवधी श्लोकहरूका आधारमा आज नेपालको तराईलगायत भारतका विभिन्न ठाउँमा रामलीला अनि श्लोकहरूकै लय अनि माधुर्यतामा रामसीताका कथाहरू प्रस्तुत गरिन्छ। संसारभरि नै वैदिक सनातन हिन्दू धर्मावलम्बीले आजको दिन श्रद्धा, भक्ति अनि आराधनाका माहौलबीच श्रीरामको सम्झना गर्ने दिनको रूपमा मनाइन्छ। यसै क्रममा आज देशभरका नदी, ताल एवं कुण्डहरूमा नित्य स्नान गरी ब्रत बस्ने गरिन्छ। रामगीता पाठ गर्ने चलन छ। साथै अध्यात्मयुक्त वाल्मिकीकृत्य भानुभक्तीय रामायणसमेत वाचन गरिन्छ। रामभक्तयुक्त भजनकीर्तनका साथ जाग्राम बस्ने परम्परा समेत चलिआएको छ।

अन्त्यमा, त्रेतायुगको चैत शुक्ल नवमीका दिन यस संसारमा रामले जन्म लिएका थिए। यसै कारण यिनको धार्मिक, सांस्कृतिक, सामाजिक आदि क्षेत्रमा धेरै महŒवपूर्ण छ। यसै धर्तीमा जन्म लिएका यिनै रघुवंशी सत्यवक्ता, मर्यादा पुरुषोत्तम अनि ज्ञानी पुरुष हुन्। अहिलेसम्मको खोज अनुसन्धान अनुसार भगवान् रामको जन्म रामले राज्यभित्र कायम हुनुपर्ने देखिन्छ। सबै मर्यादाको सधैं ख्याल गरेका कारण रामलाई मर्यादा पुरुषोत्तम भनिएको हो। भगवान् रामको राज्य पनि न्यायका लागि नमुना मानिन्छ। वैकुण्ठनिवासी भगवान् विष्णुका सातौं अवतारका रूपमा श्रीरामले असत्यका प्रतिरूप रावणको दुराचार र अन्यायविरुद्ध विजय प्राप्त गरेका थिए। अयोध्याका राजा दशरथका जेठा छोराका रूपमा जन्म लिएका रामको मिथिलापुत्री तथा राजा जनककी छोरी सीतासँग विवाह भएको थियो। राम र रावणको जन्मकुण्डली एकै प्रकारको थियो। राम, उनको सत्यता अनि मर्यादा संसारमा सबैका लागि एउटा अनुकरणीय उदाहरण हो, सत्यको जीत।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.