मालपोत कार्यालयका निमित्त प्रमुख ५ लाख घुससहित पक्राउ
जनकपुरधाम : धनुषामा भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख घुससहित पक्राउ परेका छ्न्। भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका निमित प्रमुख सुनीलकुमार झा ५ लाख घुससहित पक्राउ परेका हुन् ।
जनकपुरधामको भानुचौकस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले झालाई नियन्त्रणमा लिएको छ।
जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि सेवाग्राहीसँग घुस लिएका हुन्।