एमालेबाट जनकपुर उप -महानगरपालिकाको मेयरमा  शिवशंकरको नाम सिफारिस

एमालेबाट जनकपुर उप -महानगरपालिकाको मेयरमा  शिवशंकरको नाम सिफारिस

जनकपुरधाम : स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गतेका लागि दलीयदेखि निर्दलीयरुपमा उम्मेदवारी घोषणा हुन थालेको छ । सत्तारुढ गठबन्धन दल आन्तरिक तयारीमा रहेकै बेला नेकपा एमालेले भने उम्मेदवारी छनोट प्रक्रियालाई अघि बढाएको हो ।  एमालेले मधेश प्रदेशको राजधानी जनकपुरधाम उप-महानगरपालिकामा मेयर पदका लागि शिवशंकर साह (हिरा) को नाम सिफारिस गरेको छ । यस्तै मधेशको राजधानीसँगै रहेको लक्ष्मिनियाँ गाउँपालिकामा शम्भु साहको नाम सिफारिस गरेको हो ।  

आइतबार नेकपा एमालेको मधेश प्रदेश कमिटी सदस्य समेत रहेका साहको नाम मेयर पदका लागि छनोट गरिएको एमाले जनकपुरधाम नगर समितिका सचिव राजुकुमार साहले जानकारी दिए । नगर सचिव साहले जनकपुरधाम उपमहानगरको प्रत्यासी उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरिएको बताए । यस्तै लक्ष्मिनियाँ गाउँपालिकाबाट राष्ट्रिय युवा संघका सचिवालय सदस्य शम्भु साहको नाम सिफारिस गरिएको हो ।

यस्तै, जनकपुरधाम १० को वडाअध्यक्षको पदमा सुशिल कर्णको नाम वडास्तरीय बैठकबाट सर्वसम्मत रुपमा छनोट गरिएको श्याम किशोर मण्डलले बताए । यस्तै शनिबार बलराम महतोले स्वतन्त्ररुपमा जनकपुरधाम उप–महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी घोषणा गरेका थिए । मेयरमै जनकपुरधाम उप–महानगरपालिका ७ का वडा अध्यक्ष जानकीराम साहले समेत तयारी थालेका छन् ।

यता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धनले भने अहिलेसम्म पनि टुंगो लगाउन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.