वडाध्यक्षमा आकाङ्क्षीको ओइरो

वडाध्यक्षमा आकाङ्क्षीको ओइरो

फिदिम : स्थानीय तहको निर्वाचन नजिकिएसँगै वडाध्यक्षको उम्मेद्धारमा आकाङ्क्षीहरुको संख्या बढिरहेको छ। एक नगरपालिका र सात गाँउपालिका गरी ६० ओटा वडा भएको पाँचथरमा बिभिन्न राजनीतिक दलका गरी करिब हजार जनाले वडाध्यक्षको दावी गरेका हुन्। 

नेपाली काँग्रेसमा तीन सय भन्दा धेरैले वडाध्यक्षको दावी गरेको काँग्रेस पाँचथरका कार्यालय सचिव कर्ण माङ्लाकले जानकारी दिए। ‘वडाध्यक्षमा आकाङ्क्षीको ओइरो छ,’ माङ्लाकले भने ‘जित सुनिश्चित जस्तो देखिएको ठाँउमा आकाङ्क्षीको संख्या धेरै देखिएको छ।’ गठबन्धन गर्ने या नगर्ने भन्ने बिषयले उम्मेद्धारको टुंगो लगाउन बाँकी रहेको उनको भनाई छ।

नेकपा(एमाले) मा झण्डै पाँच सय जनाले वडाध्यक्षको दावी गरेको कार्यालय सचिव तुलसी थापाको भनाई छ। ‘वडाध्यक्षको उम्मेद्धारका लागि हामीलाई ६० जना नेता आवश्यक पर्छ,’ थापाले भने ‘तर, आकाङ्क्षीको संख्या अधिक छ। सबै आकाङ्क्षीलाई मिलाएर उम्मेद्धारको टुंगो लगाउने प्रयास भईरहेको छ।’ चार सय ८० जनाले वडाध्यक्षको दावी गरेको थापाले बताए। एउटा वडामा अधिकतम १५ जनाले अध्यक्षका लागि दावी गरेका हुन्। 

नेकपा(माओवादी केन्द्र) मा पनि तीन सयको हाराहारीमा आकाङ्क्षी देखिएको बताईएको छ। ‘प्रत्येक वडामा पाँच जनासम्म आकाङ्क्षी देखिएका छन्,’ माओवादी केन्द्र पाँचथरका जिल्ला सदस्य प्रदिप बाँस्कोटाले भने ‘सम्भावना धेरै देखेपछि वडाध्यक्षका आकाङ्क्षी बढेका छन्।’ 

नेकपा(एकीकृत समाजवादी) मा पनि आकाङ्क्षीको संख्या धेरै रहेको जिल्ला अध्यक्ष कमल जबेगुले बताए। ‘हामीले पाँचथरका ३० ओटा वडामा समिति गठन गरेका छौं,’ जबेगुले भने ‘समिति गठन गरेका वडाहरुमा कम्तिमा तीन जनाले आकांक्षा व्यक्त गरेका छन्।’ उम्मेद्धारको छिनोफानो सत्ता साझेदारी दलको निर्णयमा भरपर्ने जबेगुको तर्क छ। 

राप्रपा र जनता समाजवादी पार्टीमा पनि वडाध्यक्षको आकाङ्क्षी अधिक भएको उक्त पार्टीले जनाएको छ। आकाङ्क्षीको संख्या धेरै भएपछि दलहरुलाई उम्मेद्धारको टुंगो लगाउन निकै सकस परेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.