एमाले नुवाकोट : कार्यकर्ताबाट १४ लाख बढी रकम उठ्न बाँकी
नुवाकोट : नेकपा एमाले नुवाकोटले आफ्ना सदस्यहरुको लाखौं रुपैयाँ लेवी रकम तत्काल बुझाउन स्थानीय कमिटीलाई निर्देशन दिएको छ। विदुरमा बसेको सचिवालय बैठकले उम्मेदवारको मापदण्ड तोक्दै सबै पालिका कमिटीलाई जिल्लालाई तिर्नु पर्ने रकम तिर्न निर्देशन दिएको हो।
जिल्ला अधिवेशनको समयमा पालिकाहरुले सदस्य संख्याको आधारमा तिर्नु रकम बाँकी राखेकोले उक्त रकम उठाउन ताकेता गरेको हो। एमालेले मातहतको इन्चार्ज तथा अध्यक्षहरुलाई पठाएको परिपत्र अनुसार झण्डै १४ लाख रुपैयाँ असुल हुन बाँकी रहेको उल्लेख गरिएको छ।