अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट दुई युवक पक्राउ

अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट दुई युवक पक्राउ

जनकपुरधाम : धनुषा प्रहरीले जनकपुरधामबाट अटोमेटिक पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ । मधेश प्रदेशको राजधानी जनकपुर रामानन्द चोकबाट दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

पक्राउ पर्नेहरूमा महोत्तरीको जलेश्वर नगरपालिका-९ घर भई हाल जनकपुरधाम-४ बस्ने ३० वर्षीय ईन्द्रेशकुमार सिंह र महोत्तरीकै मनरासिस्वा नगरपालिका-१ घर भई हाल जनकपुरधाम-८ बस्ने १९ वर्षीय लोटस भन्ने अभिषेककुमार सिंह रहेका छन् ।

ज. ७ प. ७९३२ नम्बरको मोटरसाइकलमा सवार भई हातहतियार साथमा बोकी रामानन्द चोकबाट प्रादेशिक अस्पतालतर्फ गइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको हो । 

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको सादा पोसाकको प्रहरी टोलीले चेकजाँचको क्रममा इन्द्रेशले आफ्नो बाँया साइडको कम्मरमा पेन्टको वेल्टभित्र लुकाएर राखेको अवस्थामा सो हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.