दयाकृष्ण राईको ‘अश्वेत महावाणी’

दयाकृष्ण राईको ‘अश्वेत महावाणी’

काठमाडौं : बेलायतलाई कर्मथलो बनाउँदै आएका भोजपुर ठुलोदुङ्माका कवि तथा निबन्धशिल्पी दयाकृष्ण राई नयाँ कविता कृति लिएर आएका छन्। उनको नवीनतम् कविताकृति ‘अश्वेत महावाणी’ हालै सार्वजनिक गरिएको छ। 

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा मुन्धुम्विद् बैरागी काइँलाले लोकार्पण गर्दै भने ‘दयाकृष्णको यो कृति नेपालीपनको बेलायती कृति हो। यसलाई नेपालका लागि साहित्यिक रेमिट्यान्सको रूपमा लिनु पर्दछ। यो कृतिले जाति, धर्म, वर्ण र रङ्गभेदविरुद्ध चोटिलो प्रहार गर्ने क्षमता राख्दछ। सङ्ग्रहमा समाविष्ट कविताहरू उच्च वैचारिक चेतबाट ओतप्रोत रहेका छन्।’ ‘अश्वेत महावाणी’ कवि राईको छैटौं कृति हो।

कविता विधाको चाहिँ तेस्रो कृति हो। कविता कृति ६ खण्डमा विभाजन गरिएको छ। पहिचान, युद्ध, यौन, भूकम्प, कोभिडलगायत कविताका विषय बनाइएका छन्। पुस्तकमा फुटनोटको समेत प्रयोग गरेर नौलो अभ्यास गरिएको छ। यसले गर्दा जोकोहीले पनि कविता सजिलै बुझ्न सक्ने समीक्षकले बताएका छन्। 

कविता कृतिको समीक्षा गर्दै समाचोचक प्रा.डा. गोविन्दराज भट्टराईले कवि राईले विश्व चेतनाबाट प्रेरित भएर कविता लेखेको पाइएको र यस्ता कविता उनी नेपालमै बसेको भए बन्न नसक्ने जिकिर गरे। लेखक तथा समालोचक डा. हरिप्रसाद सिलवालले अहिले मानिस आधुनिक दास भएर बाँच्न विवश भएको बताउँदै मान्छेमान्छेबीच जाति, धर्म र रंगका आधारमा विभेद रहेको रत्यही विद्रोहको महावाणी ‘अश्वेत महावाणी’ भएको बताए। 

कवि श्रवण मुकारुङले अमेरिकामा बाराक ओवामा राष्ट्रपति भएपछि ह्वाइट हाउसमा कालो मान्छे पसेको स्मरण गर्दै त्यही घटनाको प्रेरणाबाट यो संग्रह तयार भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.