करेन्ट लागेर एक युवकको मृत्यु
मलंगवा : सर्लाही सदरमुकाम मलंगवामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुने मलंगवा नगरपालिका वडा नं. १०का ३६ वर्षीय अबधेश साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
आफ्नै घरको ह्याण्ड पाइपमा जडान गरिएको मोटरबाट विद्युत प्रवाह भई साहलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए। मोटर जडान गरिएको ह्याण्ड पाइप चलाउन जादाँ साहलाई करेन्ट लागेको हो।