‘जनलोकपाल अयोग कहाँ सुतेको छ’

‘जनलोकपाल अयोग कहाँ सुतेको छ’

जनकपुरधाम : मधेश सरकारले गठन गरेका जनलोकपाल आयोगको कामकाज प्रति प्रदेश सांसद मञ्जु यादवले आपत्ति जनाएकी छिन्। मंगलबार बसको प्रदेशसभा बैठकममा बोल्दै नेकपा एसकी सांसद यादवले मधेश प्रदेश सरकारले गठन गरेको जनलोकपाल आयोगले स्थापना पश्चात कुनै काम गर्न नसकेको भन्दै आपत्ति जनाइन्।

उनले विभिन्न ठाउँमा अनियमितता भइरहँदा संघ सरकार अन्तर्गत रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाइ रहँदा मधेश सरकारले गठन गरेको जनलोकपाल आयोग तलब भत्ता लिने बाहेक केही नगरेको गुनासो गरिन्।

सोमबार घुससहित मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख पक्राउ परेको घटनाको चर्चा गर्दै उनले भनिन्, ‘हामीले जनलोकपाल गठन गरेका छौँ। आज कहाँ सुतेको छ, म प्रदेश सरकारसँग सोध्न चाहन्छु। विभिन्न ठाउँमा अनियमितता भइरहँदा अख्तियारले सक्रियता देखाइरहेको जनलोकपाल आयोगले देखाउनु पर्दैन् ? कि तलब भत्ता खानका लागि हामीले गठन गरेका हौँ।’

मधेस सरकारले संघ सरकारलाई काउन्टर दिँदै जनलोकपाल आयोग गठन गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.