६० वर्षपछि काभ्रेको पनौतीमा १२ वर्षे हरसिद्धी जात्रा
काभ्रे : हरेक १२ वर्षमा लाग्ने ऐतिहासिक हरसिद्धी जात्रा काभ्रेको पनौतीमा सुरु भएको छ। चार दिनसम्म चल्ने जात्रा सोमबार बाटसुरु भएको हो। जात्रा बिहिबारसम्म चल्ने छ।
चैत्र २८ गते सोमबार ललितपुरको हरसिद्धीबाट देवगण (नाँच देखाउने तालिम प्रप्ता युवाहरु)सहितको १ सय भन्दा धेरै पनौतीमा हरसिद्धी नाँच जात्रा देखाउनको लागि पनौती आईपुगेकाछन्। मंगलबार र बुधबार पनौतीको मुख्य बजारमा रहेको हरसिद्धी डबली, मुख्य बजारमा नाच प्रर्दशन गरिने जात्रा समितिले जनाएको छ।
बिस २००६ सालमा पनौतीमा बिधिवतरुपमा हरसिद्धी नाँच जात्रा भएको तर त्यसपछिको २०६६ सालमा स्वर्गीय बिष्णुदास स्याउलको नेतृत्वमा जात्रा ब्यवस्थापनको लागि अघि बढेतापनि बिधिवतरुपमा जात्रा हुन सकिरहेको थिएन। यो वर्ष हरेक १२ वर्षमा लाग्ने उक्त जात्रा नाँच पनौतीमा बिधिवतरुपमा संचालन भईरहेको हरसिद्धी जात्रा आर्थिक समितिको संयोजक पुरुषोतम कर्माचार्यले अन्नपुर्णलाई जानकारी दिए।
हाम्रो पूर्वकहरुले मनाउँदै आएको हरेक कुराहरुमा सिद्धहुने १२ वर्षे जात्रा कला र संस्कृति जोगाउनको लागि सबै एक जुट भएर मनाईरहेका छौं कर्माचार्यले भने। जिल्लाको पनौती नगरपालिका कला संस्कृति सम्पदा भएको नगर हो। जिल्लामै सबैभन्दा धेरै मठमन्दिर जात्रा पनौतीमा मनाउँदै आएकाछन्।
पनौतीको मुख्य बजारमा ४ दिनसम्म चल्ने हरसिद्धी नाच जात्राको सबै खाले तयारीहरु पुरा गरे नाँच देखाउन सुरु भएको जात्रा ब्यवस्थापन समिति संयोजक सुरेश सैजुले जानकारी दिए। हरेक १२ वर्षमा लाग्ने मकर मेला पछिको पनौतीमा लाग्ने ठूलो जात्रा हरसिद्धी नाँच जात्रा भएको यो ६० वर्षपछि पनौतीमा यो वर्ष भएको सैजुले बताए।
पनौतीमा सोमबारदेखि सुरु भएको हरसिद्धी नाँच जात्राको समयमा त्रिशाक्ति हरसिद्धीको पनौतीमा बास रहुन्जेल चारदिन अन्य कुनै बाजा बजाउन नहुने पूजाको समयमा कुखुराको मासु, अण्डा र लसुनसमेत निषेध गरिएको जात्रा ब्यवस्थापन समितिले जनाएको छ।
१२ वर्षे हरसिद्धी नाच दुई दिनसम्म मुख्य बजार पनौतीमा देखाएपछि बैशाख १ गते बिधिवतरुपमा पनौतीबाट हरसिद्धी नाच देवगण टोलीलाई बिदाई गरिने प्रचलन रहेको सैजुले बताए। ललितपुरको हरसिद्धीबाट पनौती आउने देवगणहरु २९ जना रहेको जात्रा समितिले जनाएको छ।