सुत्केरी भेटन गाउँपालिका उपाध्यक्ष  घरघरमा

सुत्केरी भेटन गाउँपालिका उपाध्यक्ष  घरघरमा

परासी : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले सुत्केरी महिलाहरुका लागि छुट्टै कार्यक्रम सञ्चालन गरेको छ । सुत्केरी महिला र शिशुहरुको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले पालिकाले 'उपाध्यक्ष सुत्केरी महिला भेटघाट कार्यक्रम' सञ्चालन गरेको हो ।  यो कार्यक्रमअन्तरगत उपाध्यक्षले सुत्केरी महिलालाई भेटेर पौष्टिक आहार वितरण गर्ने गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले बताए ।  गाउँपालिकाकी उपाध्यक्ष अञ्जु कुमारी चौधरीले कार्यबहाक अध्यक्षको जिम्मेवारीसमेत समालेकी छन् । 

दुई वर्षअघि अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा निधन भएपछि चौधरीले कार्यबाहकको जिम्मेवारी सम्हाल्दै आएकी हुन् । चालु आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालन गरिएको हो । 'गाउँमा डुल्दा अधिकांश सुत्केरी महिलाको स्वास्थ्य अवस्था राम्रो देखिन । बच्चाहरुको अवस्था पनि त्यस्तै देखे । त्यसबारे सोध्दा आर्थिक अभावले प्रयाप्त खान समस्या हुने गरेको जानकारी पाएपछि कार्यक्रम सञ्चालनको सोंच बनाएर लागू गरेकी हुँ ,'कार्यबहाक अध्यक्ष चौधरीले भनिन् । 

थोरै रकमले पनि घरमै पौष्टिक आहार तयार गरेर खान सकिन्छ भन्ने सन्देश दिन पनि पौष्टिक आहार वितरण गरिएको उनले बताइन् । पौष्टिक आहारसँगै सुत्केरी र नवजात शिशुलाई चाहिने आवश्यक खाना र खोपसम्बन्धी स्वास्थ्य सन्देश उल्लेख गरेको कार्डसमेत घर घरमा वितरण गरिएको छ । 

पौष्टिक आहारमा एकजना सुत्केरी महिलालाई हलुवा प्याकेट, मिठो दलिया, मिक्स खिचडी र हलुवा गरी ३ वटा प्याकेट वितरण गरिएको छ । कार्यक्रमका लागि पालिकाले ५ लाख रकम विनियोजन गरिएको छ । ९ वटा वडा रहेको गाउँपालिकाको जनसंख्या ५१ हजार बढी छ । 

वर्षमा १ हजारबढी सुत्केरी हुने तथ्यांक रहेको स्वास्थ्य प्रमुख सिंहले जानकारी दिए । ति सबैलाई पौष्टिक आहार वितरण गर्ने लक्ष्य रहेको छ । तर विभिन्न कारणले कार्यक्रम ढिलो सुरु भएकाले यो आर्थिक वर्षमा ५ सय ५० जनालाई पौष्टिक आहार वितरण गरिने स्वास्थ्य शाखा प्रमुख सिंहले बताए । 

सबैभन्दा बढी जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मात्र वर्षमा ८ सय जना सुत्केरी हुने स्वास्थ्य शाखाले जनाएको छ । सुत्केरी महिलाको तथ्यांक संकलन गरी पालिकामा रहेका ३ वटा वर्थिङ सेन्टरमा पौष्टिक आहार वितरण गर्दै आएको छ। पालिकामा खैरटवा र प्रतापपुर स्वास्थ्य चौकीमा सुत्केरी सेवा छ । गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रममार्फत वितरण गरिने पौष्टिक आहार पाउन स्वास्थ्य संस्थामा कम्तीमा ४ पटक स्वास्थ्य परीक्षण र स्वास्थ्य संस्थामै सुत्केरी गराएको हुनुपर्ने छ । उक्त स्वास्थ्य सेवा लिएका सुत्केरीलाई सरकारले १८ सय रुपैयाँ दिने गरेपनि गाउँपालिकाले २ सय थप गरेर दिने गरेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.