साढे चार लाख नतिरेका फरार अभियुक्त पक्राउ
राजविराज : साढे चार लाख जरिवाना नतिरेर फरार रहेका सप्तरीको रुपनी गाउँपालिका–२ का ३५ वर्षीय इन्द्रनारायण साह बुधबार पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–९ गौशला बस्दै आएका साहलाई रुपनीस्थित घर आएको सूचना पाएपछि प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
रामशोभित नायकले दिएको बैंकिङ कसुरको उजुरीका आधारमा उच्च अदालत पाटनको संयुक्त ईजलासले साहलाई २०७७ चैत ४ गते २ दिन कैद र ४ लाख ४८ हजार जरिवानाको फैसला गरेको थियो।
फरार रहेका साहलाई गाउँबाट पक्राउ गरी कैद भुक्तानको लागि राजविराज कारागार चलान गरिएको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बताए।