उदयपुर र सिरहा फाइनलमा

उदयपुर र सिरहा फाइनलमा

राजविराज : सप्तरीको सप्तकोसी नगरपालिकामा जारी मदन भण्डारी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा उदयपुर र सिरहा फाइनलमा पुगेको छ। सप्तकोशी नगरपालिका फत्तेपुरमा भइरहेको प्रतियोगिताको सेमीफाइनल खेलमा उदयपुरले सप्तरीलाई र सिरहाले सर्लाहीलाई पराजित गरी फाइनलमा प्रवेश गरेको हो।

बुधबार भएको अन्तिम सेमीफाइनल खेलमा गाईघाट फुटबल क्लब उदयपुरले आयोजक सप्तरीलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

निर्धारित समयमा २/२ गोल बराबरी भएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको छ। निर्धारित समयमा गाइघाटकोतर्फबाट योमि र बुद्ध बलले १/१ गोल गरे भने सप्तरीको तर्फबाट अरमोन्डले २ गोल गरेका थिए।

त्यसअघि मङ्गलबार भएको पहिलो सेमीफाइनल खेलमा बागमती फुटबल क्लब सर्लाहीलाई ३–० अन्तरले पराजित गर्दै सिरहा फाइनलमा प्रवेश गरेको हो। सिरहाकोतर्फबाट माटिनले १ गोल र प्रदीप लामाले २ गोल गरे।

फाइनल खेल उदयपुर र सिरहाबीच शुक्रबार हुने आयोजकले जानकारी दिएको छ। राष्ट्रियस्तरका खेलाडीहरू सम्मिलित प्रतियोगितामा प्रदेश नम्बर १ र मधेस प्रदेशका ८ वटा टिमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेतालाई नगद २ लाख र उपविजेता टिमलाई नगद १ लाख रुपैयाँ तथा ट्रफी प्रमाणपत्र, मेडल प्रदान गरिने खवासले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.