रणवीर र आलिया विवाह बन्धमा बाँधिदै, मेहन्दीको कार्यक्रम सम्पन्न
मुम्बई : अन्ततः बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट वैवाहिक बन्धनमा बाँधिने भएका छन्। चार वर्ष लामो प्रेमलाई यी जोडीले शुक्रबार विवाहमा परिणत गर्दैछन्।
विवाहको सम्पूर्ण तयारी पूरा भएको र आज मेहन्दी उत्सवसमेत मनाइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। परिवारका सदस्य र केही साथीहरुलाई साक्षी राखेर यी जोडी वैवाहिक बन्धनमा बाँधिदैछन्। पञ्जाबी रीतिरिवाजअनुसार विवाह हुने बताइएको छ।
भारती मिडियाका अनुसार रणवीर कपुरको जन्ती कृष्णा राज बंगलादेखि वास्तु पुग्नेछन्। रणवीरका आमा नितु कपुरसहित परिवार विवाहको तयारीमा जुटेकी छन्। रणवीरका आफन्तहरु दिल्लीबाट मुम्बई पुगिसकेका छन्।
रणवीर र आलियाको विवाह बास्तु बंगलामा हुने बताइएको छ। यही बंगलामा दुबैको फ्लाट रहेको छ। आलिया पाँचौं तलामा बस्छिन् भने रणवीर आठौं तलामा बस्दै आएका छन्।