नेपालगन्जमा एड्रियनको प्रस्तुति

नेपालगन्जमा एड्रियनको प्रस्तुति

नेपालगन्ज : चर्चित गायक एड्रियन प्रधान नयाँ वर्षको कार्यक्रमका लागि चैत ३० गते नेपालगन्ज आएका छन्। चारतारे होटल सिद्धार्थले आयोजना गर्ने ‘सिद्धार्थ न्यु इयर इभ’ मा सात राष्ट्रिय कलाकारको नेतृत्व गर्दै एड्रियन प्रधान नेपालगन्ज आएका हुन्।

एड्रियन प्रधान  रचनाकार एवं संगीतकार पनि हुन्। उनी साढे दुई दशक अघि स्थापना गरिएको चर्चित रक ब्यान्ड ‘१९७४ एडी’सँग आबद्ध छन्। यो ब्यान्डका ‘परेलीमा लुकाइ राख न’, ‘चौबन्दी चोली’ ‘फूलबुट्टे साडीमा’, ‘गुराँसै फूल्यो बनैमा...’ जस्ता दर्जनौ लोकप्रिय गीत छन्। 

होटल सिद्धार्थले नेपाली नयाँ वर्षलाई लक्षित गरेर आयोजना गर्न लागेको साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रममा सिद्धार्थ ग्रुुप अफ कम्पनिजका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले कोरोना कहरको पीडा मेटाउने गरी चर्चित ब्यान्डलाई नेपालगञ्जमा ल्याउन लागेको बताए। ‘कोरोनापछिको उल्लासमय वातावरणमा करिव पाँच सय माझ हामी नयाँ वर्षलाई स्वागत गर्दैछौं’, उनले भने। कार्यक्रममा डीजे बी–क्यास र नेपालगञ्जका स्थानीय ब्यान्डको पनि प्रस्तुति रहनेछ। 

होटल सिद्धार्थले हरेक नयाँ वर्षको पूर्वसन्ध्यामा विभिन्न कलाकारलाई बोलाएर कार्यक्रम गर्दै आएको छ। गत वर्ष नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा प्रमोद खरेल, एलिना चौहान, हास्य कलाकार सुमन कोइराला र अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा प्रकाश सपुतलगायतका कलाकारले भरपुर मनोरञ्जन दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.