लागुऔषध सेवन गरी कैलालीका दासको हत्या, ४ पक्राउ

लागुऔषध सेवन गरी कैलालीका दासको हत्या, ४ पक्राउ

काठमाडौं : प्रहरीले कैलालीका अर्जुन दासको हत्या आरोपमा ४ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी दासको हत्यामा  संलग्न ४ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा मनोज भण्डारी,दिलिप दास,सुमित साउद र बम बहादुर बोहोरा रहेका छन् । 

उनीहरुले दासको पुस ३ गते लागुऔषध सेवन गरी हत्या गरेका थिए। उनीहरुले कुटपिट गर्दै घाइते बनाएर स्थानीय साजको रुखमा बाँधी खुकुरीले घाँटी छिनालेर हत्या गरेको प्रहरीले बताएको छ। पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि कैलाली पठाइएको प्रहरीले बताएको छ।

दासको हत्या गरी उनीहरु सबै भारतमा लुकीछिपी बस्दै आएको प्रहरीले बताएको छ । भैरहवा आएका बेला प्रहरीले बिहीबार नेपाल भारत सीमा क्षेत्रको बेलहिया नाकाबाट उनीहरुलाई पक्राउ गरेको हो । कैलालीका दासको शव विभत्स अवस्थामा स्थानीय अमरावती सामुदायिक वनभित्र फेला परेको थियो । 

विभत्स शव भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । दास हत्या प्रकरणमा अन्य व्यक्तिहरुको समेत संलग्न भएको हुनसक्ने भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.