पोखरामा एमालेको मेयर उम्मेदवार छान्ने निर्वाचन स्थगित, आकांक्षी सबैको नाम सिफारिस
पोखरा : नेकपा एमाले पोखरा नगर कमिटीले पोखरा महानगरमा मेयरको उम्मेदवार छान्न सुरु गरेको निर्वाचन प्रक्रिया रोकेको छ । निर्वाचन प्रक्रिया रद्द गर्दै आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय कमिटीले गरेको हो । मेयरमा १२ र उपमेयरमा ११ जनाले पार्टीमा आन्तरिक निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए ।
शुक्रबार निर्वाचनका लागि तालिका सार्वजनिक भई प्रक्रिया अघि बढेको थियो । जिल्ला पार्टी कार्यालयमा सुरु भएको प्रक्रिया स्थगित गरी सबैको नाम सिफारिस गर्ने सहमति जुटेको नेकपा एमाले पोखरा नगर कमिटी सचिव जीवन आचार्यले जानकारी दिए ।
उपमेयरमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, जीवनप्रसाद आचार्य, बिनुकुमारी गुरुङ, बलराम गायक र सुष्मा पौडेल आकांक्षी छन् । २०७४ को स्थानीय चुनावमा मेयर र उपमेयर उम्मेदवार सर्वसम्मत हुन नसकेपछि आन्तरिक मतदानबाट निर्णय गरिएको थियो । त्यति बेला मानबहादुर जिसी मेयर र मञ्जुदेवी गुरुङ उपमेयरका उम्मेदवार बने । दुवैले चुनाव जितेका थिए ।
प्रतिक्रिया दिनुहोस !
४