उद्योग बाणिज्य संघ दैलेखको अध्यक्षमा विक

उद्योग बाणिज्य संघ दैलेखको अध्यक्षमा विक

दैलेख : दैलेख उद्योग बाणिज्य संघको अध्यक्षमा कुल बहादुर विक चयन भएका छन्। संघको शुक्रबार सम्पन्न १० औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशनले अध्यक्षमा विकलाई सर्वसम्मत चयन गरेको हो। २०७४ मा भएको संघको ९ औं वार्षिक साधारण सभा तथा ८ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका विक दोस्रो कार्यकालका लागि पुन अध्यक्षमा चयन भएका हुन्। 

सफल व्यवसायीकोरुपमा परिचित विक दैलेख बजारमा वर्षौ वर्षदेखि सञ्चालनमा रहेको भैरहवा सुनचाँदी पसलको प्रोपराइटर समेत हुन्। समाजसेवी विकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण सहयोग पुर्याएका थिए। उनले जिल्लास्थित विभिन्न निकायहरुलाई स्वास्थ्य सामग्री वितरण लगायतका काम गरेका थिए। 

संघको अध्यक्षमा चयन भएका विकले व्यवसायीहरुको हकहितमा सधै कटिबद्ध रहेको प्रतिक्रिया दिएका छन्। ‘यसअघि कोरोना संक्रमण लगायतका कारणले योजना लिए अनुरुप काम गर्न पाएनौं, अब संघका सबै पदाधिकारी र सदस्यहरु एकताबद्ध भएर व्यवसायीहरुको हकहितका लागि नविनतम् कामहरु गरिनेछ,’अध्यक्ष विकले भने। संघको अगामी बैठकले पदाधिकारी चयन गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.