खोलामा डुब्दा बालकको मृत्यु

खोलामा डुब्दा बालकको मृत्यु

सिन्धुली : खोलामा डुब्दा एक बालकको मृत्यु भएको छ। कमलामाई नगरपालिका-४ र ६ जोड्ने ग्वाङ खोलामा पक्की पुल निर्माणको लागी खनिएको खाल्डोमा जमेको पानीमा डुब्दा फिक्कल गाउँपालिका-१ का प्रकाह भुजेलका वर्ष १२ का छोरा सृयास भुजेलको मृत्यु भएको हो।

शनिबार साथीहरुसंग खोलामा पौडी खेल्ने क्रममा खोलाको गहिरो दहमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। पौडी खेल्नेक्रममा डुबेपछि साथीहरुले अभिभावकलाई खबर गरेका थिए। 

स्थानीयले लामो समयपछिको प्रयासमा बालकलाई निकालेपनि उनको मृत्यु भएको थियो। मृतक भुजेल सदरमुकामस्थित जनता आबासिय माबि रातमाटामा कक्षा ४ मा अध्ययनरत थिए।

 
निर्माणस्थलमा ठेकेदारले तारजाली तथा घेराबेरा नलगाई निर्माण कार्य थाल्दा बालकको ज्यान गएको मृतकका परिवारको आरोप छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.