डुबेर मृत्यु भएका बालकको शव उठेन, बिहानैदेखि वीपी राजमार्ग अवरुद्ध

डुबेर मृत्यु भएका बालकको शव उठेन, बिहानैदेखि वीपी राजमार्ग अवरुद्ध

सिन्धुली : बनेपा–सिन्धुली–बर्दिबास (वीपी) राजमार्ग आइतबार बिहानैदेखि अवरुद्ध पारिएको छ। ठेकेदारको लापरबाहीका कारण शनिबार दिउँसो खोलामा पुल निर्माणका लागि खनिएको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीयले ठेकेदारलाई कारबाहीको माग गर्दै वीपी राजमार्ग पारेका हुन् ।

कमलामाई नगरपालिका ४ ढुङ्ग्रेवासमा मृतक बालकका आफन्त र स्थानीयले सडकमा ढुङ्गा थुपारेर र टायर बालेर सडक अवरुद्ध गरेका हुन् । उनीहरुले मृतक बालकको शव समेत बुझ्न मानेका छैनन् । निर्माण कम्पनीको ठेकेदारलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।आफ्ना जायज मागहरु पूरा नभएसम्म चरणबद्ध आन्दोलन गरिने मृतक बालकका आफन्त लालबहादुर भुजेलले बताए ।

कमलामाई नगरपालिका ४ र ६ जोड्ने ग्वाङ खोलामा पक्की पुल निर्माणको लागी खनिएको खाल्डोमा जमेको पानिमा डुब्दा फिक्कल गाउँपालिका १ का प्रकाश भुजेलका १२ वर्षका छोरा सिरास भुजेलको मृत्यु भएको थियो ।  उनीहरुले मृतक बालकको शवनै सडकमा राखेका छन् । सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सयौं सवारी साधनहरु रोकिएका छन् । सदरमुकामस्थित जनता आवासीय मावि रातमाटामा कक्षा ४ मा अध्ययनरत बालक शनिबार साथीहरुसँग खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए ।

 निर्माण कम्पनीले खोलामा झण्डै १५ फिट गहिरो खाल्डो खनेको छ । तर, मान्छे हिँड्ने, स्थानीयले नुहाउने ठाउँ नजिकै काम गर्दा कुनै घेराबेरा नगरेको, कम्पनीले हेरालु नराखी सावधानी नअपनाउँदा दुर्घटना भएको स्थानीयको भनाइ छ । उक्त खाल्डोमा यस अघिपनि पटक पटक बालबालिकाहरु डुबे पनि स्थानीयले उद्धार गरेको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.