ट्याङकरको ठक्करबाट दुई शिक्षक घाइते, उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगियो

ट्याङकरको ठक्करबाट दुई शिक्षक घाइते, उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगियो

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका ११ फालचुरीमा ट्याङकरले ठक्कर दिँदा दुई शिक्षक गम्भीर घाइते भएका छन् । सिन्धुलीबाट भिमानतर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४१४७ नम्बरको मोटर साइकललाई सोहि दिसातर्फ जाँदै गरेको प्रदेश २–०२–००१ ख ०४८९ नम्बरको ट्याङकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार कमलामाई नगरपालिका ६ का शान्ति दाहाल र मदन काफ्ले घाइते भएका हुन् ।

उनीहरुको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दाहाल कालिका मावी धमिले जरायोटार र काफ्ले कुण्डेश्वर मावि वेसारेवेसीका शिक्षक हुन् । मोटरसाइकललाई तीव्रगतीमा रहेको  पेट्रोलियम पदार्थ बोक्ने ट्याक्टरले ठक्कर दिएको बताइएको छ ।

घाइतेमध्ये दाहालको अवस्था गम्भीर रहेको सिन्धुली अस्पतालका चिकित्सकले बताएका छन्।  उनको हात, खुट्टा भाँचिनुका साथै ढाडमा गम्भीर चोट लागेको छ । करङ भाँचिएर फोक्सोमा समेत असर गरेको बताइएको छ । यस्तै काफ्लेको पनि हात, खुट्टामा चोट लागेको छ । प्रहरीले ट्याङकर र चालक सुशिल माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मनोज लामाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.