आगजनी पीडितलाई सहयोग
नुवाकोट : नुवाकोटको पश्चिमी भेगमा रहेको ताजीका एक जना आगजनी पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। न्यौपाने बन्धु समाजले किस्पाङ गाउंपालिका–२ ताजीका आगलागी पीडित रामजी न्यौपानेलाई आर्थिक सहयोग गरेको हो।
पीडित रामजीको घरमा पुगेर समाजका अध्यक्ष मोतिराम न्यौपाने सचिब कुलप्रसाद न्यौपानेद्वारा दस हजार तीन सय रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको समाजले जनाएको छ। समाजको सानो सहयोगले भाइबन्धुको दुःखमा केही सानो भएपनि राहत पुगेको समाजका जिल्ला अध्यक्ष मोतीराम न्यौपानेको भनाई छ।