पोखरा महानगर : मेयर बन्न कांग्रेसभित्र १८ पुगे आकाङ्‌क्षी

पोखरा महानगर : मेयर बन्न कांग्रेसभित्र १८ पुगे आकाङ्‌क्षी

पोखरा : पोखरा महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बन्न १८ जना इच्छुक देखिएका छन्। उक्त पार्टीको महानगर समितिका सचिव गणेशबहादुर थापाका अनुसार पार्टीले निकालेको सूचनाका आधारमा १२ जनाले आकांक्षा प्रकट गरेका छन्।

 
महानगर समितिले ४ गते ४ बजेभित्र तोकिएको ढाँचामा पार्टीभित्र उम्मेदवारी दर्ताका लागि आइतबार सूचना निकालेका थियो। पार्टी नगर समिति सचिवालयमा आइतबार १८ जनाले तोकिएको ढाँचामा उम्मेदवारी दिएका हुन्।
 
जिल्ला पार्टी सभापति किशोरदत्त बराल, प्रदेशका मन्त्री बिन्दुकुमार थापा, पूर्व जिल्ला सभापति कृष्णबहादुर केसी, पूर्व जिल्ला सचिव सुदीपमोहन भट्टराई, नेतृ सरस्वती गुरुङ, कोपिला रानाभाट, पूर्व सचिव बाबुराम आचार्य, विश्वशंकर पालिखे, गणेशबहादुर भट्टराई, किरण केसी, निर्मलप्रसाद कर्माचार्य, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, ऋषि काफ्ले, बाबुराम गिरी, विश्व घिमिरे र परमेश्वर पोखरेलले तोकिएको ढाँचामा पार्टीभित्र उम्मेदवारी दर्ता गराएको जानकारी कांग्रेस पोखरा महानगर समितिका सचिव थापाले जानकारी दिए।
 
मेयरमा आकांक्षा राखेकामध्ये बिन्दुकुमार थापा अहिले गण्डकी प्रदेश सरकारमा कानुन मन्त्री छन्। उनकी भाइबुहारी मिलन थापाले उपमेयरका लागि आकांक्षा देखाएकी छन्। जिल्ला पार्टी सभापतिदेखि पूर्वसभापतिहरु हुँदै व्यवसायी पनि मेयरका आकांक्षी देखिएका छन्।
 
उपमेयरमा लक्ष्मी पाण्डे, माया बराल क्षेत्री, रंगीला आचार्य, टीका गुरुङ, दीपक महत, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली, शिव केसी र आनन्दी राणा कार्कीले आकांक्षा देखाएका छन्।

सत्ता गठबन्धनले कास्कीका पालिकाहरुमा उम्मेदवारको भागबन्डा मिलाउन आइतबारै बैठक डाकेको छ। कांग्रेसले पोखरा महानगरसहित सबै ५ पालिकाहरुमा प्रमुख पदमा आफ्ना उम्मेदवार हुनुपर्ने अडान राखेको छ।
 
कांग्रेस नगर समितिले मेयर, उपमेयरमा आकांक्षा राखेकाहरुबाट नाम दर्ताका क्रममा स्वेच्छिक रुपमा पार्टीलाई आर्थिक सहयोगको अपिल गरेको थियो। कतिपयले कत्ति पनि आर्थिक सहयोग नगरेको र कतिपयले ४५ हजार रुपैयाँसम्म नगद आर्थिक सहयोग उम्मेदवारी दर्ताका क्रममा गरेको समिति सचिव थापाले जानकारी दिए। त्यस क्रममा पार्टीलाई झन्डै ९ लाख रुपैयाँ सहयोग जम्मा भएको उनले जानकारी दिए।
 
कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले पोखरासहित देशका सबै ६ महानगरमा मिलीजुली उम्मेदवारी दर्ता गराउने भनेको छ। कास्की कांग्रेसले भने पोखराको मेयरसहित कास्कीका सबै पालिकामा प्रमुखको उम्मेदवार कांग्रेसबाटै हुनुपर्ने अडान राखेको छ। हालै सोही अडानसहित कास्की कांग्रेस टोली पार्टी सभापति शेरबहादुर देउवा भेट्न काठमाडौं गएको थियो। त्यति बेला देउवाले गठबन्धनलाई नबिच्क्याउन भनेका थिए। कांग्रेस कास्कीले पोखराको मेयरमा गठबन्धनका साझेदार दलबाट उम्मेदवार बने चुनाव जित्न कठिन हुने बताउँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.