कांग्रेस बाराका सभापति एकपक्षीय भएको भन्दै पदाधिकारी असन्तुष्ट

कांग्रेस बाराका सभापति एकपक्षीय भएको भन्दै पदाधिकारी असन्तुष्ट

सिमरा : नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाराका पदाधिकारीले जिल्ला सभापतिको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। कलैया उपमहानगरपालिकाका नगर प्रमुखसमेत रहेका जिल्ला सभापति राजेश राय यादवले पार्टी एकलौटी ढंगले चलाएको भन्दै पदाधिकारीले आइतबार विज्ञप्ति निकालेर असन्तुष्टि जनाएका हुन्। 

सभापतिले आफूहरुलाई वेवास्था गरेको भन्दै कांग्रेसको जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन्। जिल्ला उपसभापति मनोज भट्ट र अमिरीलाल राउत पाल, सचिव भैयाराम यादव, राजेश रौनियार, सहसचिव प्रमोद प्रसाद यादव र कृष्णदेव प्रसाद जैसवालले संयुक्त विज्ञप्ति निकालेका हुन्। 

सभापति यादवले जिल्ला कमिटीसँग छलफल र सहकार्य नै नगरी पार्टीको गतिविधि सञ्चालन गरेको उनीहरुको भनाइ छ। कांग्रेस बाराका सचिव यादवले सभापति एकपक्षीय ढंगले अघि बढेका कारण आफूहरुले विज्ञप्तीमार्फत् ध्यानाकर्षण गराएको बताए। 

स्थानीय तहको निर्वाचनका लागि पार्टीको केन्द्रीय कार्यालयले जिल्ला, नगर र वडामा पार्टी नेतृत्वलाई सक्रिय बनाएर अघि बढ्न निर्देशन दिए पनि सभापतिले आफ्नो मनोमानी ढंगले काम गरेको यादवको आरोप छ। सभापति यादवले जिल्लाको पदाधिकारीसँग सामान्य छलफलसमेत नगरेर आफैँ पत्राचार गर्ने, प्रतिनिधि खटाउनेलगायतको काम गरेपछि उक्त कार्यशैलीको विरोधमा विज्ञप्ति आएको सचिव यादवले बताए। 

'जिल्ला अधिवेशन सम्पन्न भएको एक महिनाभन्दा बढी समय वितिसकेको छ। अहिलेसम्म एउटा एउटा बैठक समेत बस्न सकेको छैन्,' यादवले भने, 'यो तरिकाले पार्टी चल्न सक्दैन। हामी यो कार्यशैलीको विरोधमा छौं, नेतृत्वको ध्यानाकर्षण होस्।'

पार्टी नेतृत्व सच्चिन आवश्यक रहेको भन्दै यादवले सहकार्य र छलफल गरेर अघि बढ्नुपर्ने बताए। निर्वाचनको समयमा पार्टी, भातृसंगठन र शुभेच्छुकलाई सक्रिय बनाएर अघि बढ्नुपर्ने बेलामा सभापति एक्लैले पार्टी गतिविधि अघि बढाउनु गलत रहेको सचिव यादवको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.