‘सुनकोशीमा र्‍याफ्टिङको सम्भावना’

‘सुनकोशीमा र्‍याफ्टिङको सम्भावना’

रामटार(सिन्धुली) : सिन्धुली जिल्लास्थित सुनकोशी नदीमा जलयात्र (र्‍याफ्टिङ) का लागि आन्तरिक तथा बाह्य पर्यटक आकार्षित गराउन अभियान थालिएको छ। र्‍याफ्टिङका लागि उपयुक्त जलासायकारुपमा परिक्षण गरिएपछि सुनकोशी नदीमा अहिले व्यावसायीक र्‍याफ्टिङ सञ्चालनका लागि अभियान थालिएको हो।

 
करिब ६ वर्षअघि जिल्लास्थित सरोकार निकाय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभागले जिल्लाको कुशेश्वर दुम्जादेखि बाँशेश्वरको बलेनीसम्म झण्डै ३५ किलोमिटर दुरीमा सुनकोशी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि विशेष परिक्षण गरेको थियो। योसंगै सुनकोशी गाउँपालिका र स्थानीय युवा होटल व्यवसायीहरुले अलिहे र्‍याफ्टिङको व्यसायिक संचालन थालेका हुन्।

यस अघिनै यस क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र पूर्व प्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री हुँदा सुनकोशी नदिमा सुरक्षित जलयात्रा गरिसकेका छन्।

सुनकोशी गाउँपालिका तथा स्थानीय होटल तथा रिसोर्ट संचालकहरुले केही समय यता सुनकोशी नदीमा र्‍याफ्टिङ संचालनका लागि सुरुवात गरिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालको भनाई छ। यहाँ सुरक्षित र मनोरम यात्रा गर्न सकिने सन्देशसेमत प्रवाह थालिएको दाहालको भनाई छ। ‘र्‍याफ्टिङ भन्दा विदेशीहरुले मात्र गर्ने जल यात्रा भन्ने बुझाई थियो। तर अहिले आन्तरीक तथा बाह्य पर्यटन व्यावसाय प्रवर्द्धनका लागिसमेत जलयात्रा आकर्षण हुन थालेको छ,’ उनले भनिन्। र्‍याफ्टिङ संचालनका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्दै जाने दाहालले बताईन्।

‘र्‍याफ्टिङका लागि सुनकोसी नदीमा सबभन्दा बढी पर्यटक कसरी ल्याउन सकिन्छ भन्ने प्रचार र अध्ययनसमेत गर्ने गरी सुनकोसी नदीमा र्‍याफ्टिङ सुरु गरीएको सुनकोशी गाउँपालिकास्थित मुलकोटमा ताज रिसोर्टका संचालक मनोज श्रेष्ठ बताउँछन्। उनले विपी राजमार्ग हुँदै राजधानी काठमाण्डौं भित्रने बाहिरिनेहरुका लागि आकर्षण गराउँन सुनकोशी नदीमा र्‍याफ्टिङ संचालन थालिएको बताए।
 
‘जिल्लामा र्‍याफ्टिङ गराउने कम्पनी नहुँदा सुनकोशी नदीमा र्‍याफ्टिङ गराउन नसकेकोले जिल्लाकै अग्रजहरुको पहलमा सुनकोशीको र्‍याफ्टिङ सुरक्षित र आकार्षक छ भन्ने सन्देश राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा प्रवाह गर्न थालिएको र्‍याफ्टिङ संचालक तथा क्याप्टेन दुतराज लामाको भनाई छ। ‘यसलाई आगामी दिनमा अभियानको रुपमा अघि बढाइने छ,’ उनले भने।

पर्यटकीय द्धृष्टिले रिभर र्‍याफ्टिङ सबभन्दा ठूलो सम्भावना भएको क्षेत्र भएकाले प्रभावकारी ढंगबाट पर्यटकहरुलाई सुनकोशी रिभरमा र्‍याफ्टिङ गर्न टुर प्याकेजनै बनाएर गरिने तयारी भएको स्थानीय तथा बागमती प्रदेशका सांसद राजन दाहालको भनाई छ। ‘यसका लागि जिल्लाका अगुवा युवा व्यवसायिको सहकार्यमा बागमती प्रदेश सरकारकातर्फबाट गर्नुपर्ने सबै सहयोग गर्न म तयार छु,’ उनले थपे।

सुनकोसी नदीको र्‍याफ्टिङका लागि आउने पर्यटकहरुको स्वागत, सत्कार, खान बस्न, उपयुक्त होटहलरु निर्माण, होमस्टे निर्माण तथा र्‍याफ्टिङ गाइडरलाई तालिम दिनेजस्ता कार्यमा गाउँपालिकाले सहयोग गर्ने जनाईएको छ। जगलयात्रामा आउनेहरुको लागि गाउँपालिकाको मुलकोट, खाल्टे, रामटार, बोहोरेटारमा आधुनिक र सुविधा सम्पन्न होटल तथा रिसोर्टहरु संचालनमा छन्। 

‘प्रकृतीको प्रयोगबाटै मनग्य आम्दानी गर्न सक्ने सम्भावना हुँदाहुँदैपनि ओझेलमा परेको जिल्लालाई राष्ट्रिय र्‍याफ्टिङ पर्यटन गन्तव्यका रुपमा विकास गर्ने योजनामा सुनकोशीवासी छन्। सुनकोशीमा यजलयात्राका लागि आउनेहरुले कुशेश्वर दुम्जामा रहेको कुशेश्वर मन्दिरको दर्शन, विपीको पुर्खौली थलोको अवलोकन, विपी राजमार्गको नागबेली सडकमा निर्माण गरिएको ऐनैएैनाको सेतीदेवी मन्दिरको दर्शन गर्न सक्ने छन्।

जिल्लामा ऐतिहासिक सिन्धुली, हरीहरपुर र रानीचुरीगढी, नागवेली विपी राजमार्ग, जुनार बंगैचा, ऐतिहासिक धार्मीक तथा पर्यटकीय स्थल, सिन्धुलीको सवभन्दा अग्लो स्थान फिक्कल, विपी र आजदको जन्मभूमि, पाँच पोखरी, दुर्लभ जडीबुटी पाईने भएपनि जिल्लामा सुनकोसी नदीमा हुने र्‍याफ्टिङबाट धेरै पर्यटन भित्र्याउन सकिने निष्कर्ष निकालीएको छ।

वीपी राजमार्ग र मध्यपहाडी लोकमार्गको आकार्षक द्धृष्यपानसंगै सुनकोसी नदीमा र्‍याफ्टिङका लागि आउनेहरुलाई जिल्लाका ऐतिहासिक र धार्मीक पर्यटन क्षेत्रको अवलोकनका लागि कम्तिमा तीन दिनको टूर प्याकेज बनाउनुपर्ने जनाइएको छ।

सुनकोसीको माछा, जुनारको स्वादसंगै सुनकोसी नदीको पानीको छाल, मनोरम दृष्य, विभिन्न वनस्पती, प्रदुषणरहित हावापानी पर्यटक आकर्षीत हुने प्रमुख विशेषता हुन्। यसका अलवा जिल्लाबाट छोटो दुरीमा रामेछापको जटापोखरी, दोलखाको भिमेश्वर तथा कालिन्चोक विभिन्न हाइड्रोपावरको अवलोकन र जनकपुरस्थित जानकी मन्दिरको दर्शन गर्न जान आउनसमेत सहज हुने छ। ब्यावसायिक र्‍याफ्टिङ संचालनसंगै स्थानीयले रोजगारीसमेत पाउन थालेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.