सिन्दुर हालेर मनाइयो सदियौं पुरानो ‘सिन्दुरे जात्रा’

सिन्दुर हालेर मनाइयो सदियौं पुरानो ‘सिन्दुरे जात्रा’

नुवाकोट : पाँचसय वर्ष पुरानो नुवाकोटको ऐतिहासिक क्षेत्र भैरवीमा बैशाख पूर्णिमाको विशेष अवसरमा सञ्चालित सिन्दुरे जात्रा मनाइएको छ। सो जात्रा दुई वर्षसम्म महामारीको रपमा रहेको कोरोनाका कारण रोकिएको थियो। 

नुवाकोटका साथै सम्भवत नेपालकै लामो दुरीको रथ यात्रा गरिने सिन्दुरे जात्रा कोरोनाका कारण २०७७ र २०७८ सालमा रोकिएको थियो। जात्रा डेढ महिनासम्म नुवाकोटको भैरवी र जालपादेवी मन्दिरमा भव्य रुपमा लाग्ने गरेको छ।  

नेपाल सरकारको प्रतिनिधि द्वारेले भैरवी मन्दिरका पुजारी धामीधमिनीलाई विजयको प्रतिक स्वरुप सिन्दुर हालेर सोमवार २०७९ सालको सिन्दुरे जात्रा गरिएको हो। प्रसिद्ध देवीघाटको जालपा देवी मन्दिर र नुवाकोटको भैरवी मन्दिरमा भगवानको दर्शन गर्न तथा धामी धमिनी हेर्न र दर्शन गर्न नुवाकोटको विभिन्न स्थानसहित रसुवा, धादिङ, काठमाडौंलगायतका जिल्लाका हजारौं भक्तजनहरु तथा जात्रालुहरुको सहभागिता रहेको थियो। 

नुवाकोटको मुख्य तथा ऐतिहासिक बैशाख पूर्णिमा जात्राको विशेष मेलाको रौनक सिन्दुर ग्रहण गरेर विशेष रुपमा मनाइएको हो। प्रसिद्ध सात तले दरबार राष्ट्रिय संग्रहालय क्षेत्रमा रहेको भैरवी मन्दिरमा पाँच सय वर्ष पुरानो प्रसिद्ध सिन्दुरे जात्रा सोमबार भैरवी मन्दिर परिसरमा हजारौं जात्रालुको घुइँचो लागेको थियो। 

नुवाकोटको सबैभन्दा ठूलो यस मेला सिन्दुरे जात्रा चैत्र शुक्ल द्वितियाका दिन लागेको सिन्दुरे जात्राको मेलामा भैरवी मन्दिर अगाडि र गुहृय पार्टी अघि सल्लाको लिङ्गो ठड्याएपछि सुरु हुन्छ र लिङ्गो ढालेपछि सकिन्छ।  द्वितियाको दिन भैरवी मन्दिरमा सिन्दुर जात्रा र राति धामीले बली पनि लिने गर्दछन्। 

पाँच सयवर्ष भन्दा पुरानो र महत्वपूर्ण यस जात्राको मुख्य आकर्षण भैरवी मन्दिरमा धामी धमिनी, सरकारी कर्मचारी, नेपाली सेना र सर्वसाधारणले सिन्दुर जात्रा गरेर मनाइएको हो।  यसअघि नै, चैत्र शुक्ल पूर्णिमाको दिन सात तले दरबार राष्ट्रिय संग्रहालयसँगै रहेको भैरवी मन्दिरमा दुई दिनपछि द्वितियाको दिनमा भएको सिन्दुरे जात्राको निम्तोस्वरुप बहिनी भैरवीले दिदी जालापादेवीलाई बोलाउन गएको भन्ने किंवदन्ती रहेको छ। 

किम्वदन्ती अनुसार जालपादेवीसहित भैरवी मन्दिरमा आएपनि दिदी आएको अवसरम सिन्दुर जात्रा गरि हर्षबढाई गरिएको हो। जालपादेवीबाट फर्किएका धामी स्थानीय धरमपानीको पाटीबाट बाजागाजासहित भैरवी मन्दिर प्राङ्गणमा पुगेपछि सिन्दुरे जात्रा गरिन्छ। भैरवीको मन्दिरबाट बाजागाजा र सैनिक टुकडीसहित सिन्दुर जात्रा गर्दै तलेजु भवानीको मन्दिरमा रथ भित्र्याइने भैरवी मन्दिरका द्वारे महेन्द्रकुमार शाहीको भनाई छ।
 
यसअघि देवीघाटस्थित जालपा देवी मन्दिरमा पुगेका धामीधमिनीसहित भैरवी मन्दिरको रथ नुवाकोट भैरवी मन्दिर परिसरमा पुर्याएपछि सिन्दुर हालेर सिन्दुरे जात्रा मनाइएको हो। द्वारे महेन्द्रकुमार शाहीले भैरवी मन्दिरका पुजारी धामी हरिमानसिंह डंगोललाई विजयको प्रतिक सिन्दुर हालिदिने लगत्तै धामीले सरकारी कर्मचारी तथा सर्वसाधारणलाई सिन्दुर प्रदान गर्ने परम्परा रहेको छ। 

देवीघाटबाट नुवाकोटको लागि प्रस्थान गरिएको धामी धमिनी तथा रथ यात्रा पूजा परम्परा अनुसार नुवाकोट भैरवी मन्दिर परिसरमा पुर्याइएको हो।  नुवाकोट भैरवी मन्दिर भन्दा केही तल रहेको धरमपानीमा सोमवार बिहान पुगेका धामी धमिनी र भैरवी मन्दिरको रथ पूजा विधि प्रक्रिया पूरा गरी नुवाकोट तर्फ प्रस्थान गराइएको स्थानीय युवा सामाजिक अगुवा अनुजकुमार श्रेष्ठलेबताए।  

भैरवी मन्दिरको रथ अपरान्ह साढे चार बजे लामो समयदेखि रथ वोक्दै आएका लच्याङका ५० जना भन्दा बढीले भैरवी मन्दिर परिसरमा पुर्याएका थिए। भैरवी मन्दिरको रथलाई उकाल्न लच्याङवासी युवाहरुको समूहलाई मन्दिर परिसरको उकालोमा करिब आधा घण्टा लागेको थियो।

भैरवी मन्दिरको रथ उकाल्दा जात्रामा सहभागि भएकाहरुले भैरवी मन्दिरको जय–जयकार गाएका थिए। रथ पुगेको केही समय पछाडी धामी –धमिनी, कुमार र गणेशलाई झल्लरी छाता ओढाएर विशेष सम्मानका साथ नुवाकोट भैरवी मन्दिरमा पुर्याइएको थियो। 

धामीधमिनीलाई धरमपानीबाट नुवाकोट भैरवी मन्दिर प्रस्थान गराउदाँ प्रमसख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रामप्रकाश सिंह, सेनाको जवरजंग गणका सेनाहरु तथा नुवाकोटका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो। 

धामी धमिनी, कुमार र गणेशलाई धरमपानीबाट भैरवी मन्दिर तर्फ प्रस्थान गराउदाँ जवरजंग गण देवीघाट व्यारेकका ५० भन्दा वढि  सेनाले सलामी अर्पण सहित भैरवी मन्दिरको निशाना झण्डा पहराउदै बजागाजासहितले सम्मान गरेको थियो। भैरवी मन्दिरमा धामी धमिनीसहितको टोली पुगपछि २०७९ सालको सिन्दुरे जात्राको सिन्दुर हालेर सिन्दुरे जात्रा मनाइएको थियो।

सरकारका प्रतिनिधि द्वारे महेन्द्रकुमार शाहीले धामीधमिनीलाई पूजा विधिमार्फत भैरवी मन्दिर परिसरमा रहेको महेश मर्दिन मन्दिर अगाडि सिन्दुर हालेरे यस वर्षको सिन्दुरे जात्रा मनाइएको थियो। सिन्दुर हालिसकेपछि  धामी धमिनी, रथसहितको टोली तलेजु भवानीको मन्दिरमा पुगेर सिन्दुरे जात्राको समापनको अबसरमा आयोजित भोजमा सरिक भएका थिए। 

तलेजु मन्दिरमा आयोजित भोजमा धामी धमिनीसगै भैरवी मन्दिरको रथ पनि सरिक गराइएको थियो। भोज सम्पन्न पछि धामी धमिनी सहित भैरवी मन्दिरको रथ भैरवी मन्दिर अगाडि रहेको महेश मन्दिरसगैं राखिएको थियो। 

पूजाविधि अनुसार मन्दिर परिसरमा नै रहेका धामीले देवीघाटको जालपा देवी मन्दिरमा जस्तै भैरवी मन्दिरमा पनि रागाँ बोकाको भोग खाएर यसवर्षको सिन्दुरे जात्रामा धामीको तर्फबाट पुर्याउनुपर्ने सम्पूर्ण संकल्प पूरा गरेका थिए। बुढी देवी र भैरवी मन्दिर परिसरमा चार दिन अगाडि लिङ्गो ठड्याएर सुरुभएको २०७९ सालको जात्रा भैरवी भगवानको रथ सहित धामी धमिनी नुवाकोटबाट प्रस्थान गरी देवीघाटस्थित जालपा मन्दिरमा पुगेका थिए। 

औपचारिकरुपमा सिन्दुरे जात्राको रौनक तथा पूजाविधि र औपचारिक समापन भने एक सातापछि गरिने तयारी भएको सरकारका प्रतिनिधि द्वारे मेहन्द्रकुमार शाहीले जानकारी दिए। विशेष गरि फागु पुर्णिमाको दिनदेखि सुरु हुने सिन्दुर जात्रा डेढ महिनासम्म जारी रहने शाहीको भनाई छ। 

बुढी भैरवी र भैरवी मन्दिर परिसरमा ठड्याइएको लिङ्गो ढालेर सिन्दुरे जात्रा सम्पन्न हुने  छ। सिन्दुरे जात्रामा धामी धमिनी हेर्न र दर्शन गर्न नुवाकोटको विभिन्न स्थानसहित रसुवा, धादिङ, काठमाडौलगायत जिल्लाका १० हजार भन्दाबढी भक्तजनहरु तथा जात्रालुहरुको सहभागिता रहेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.