सिन्धुलीमा चोरीका सवारीसाधनसहित दुई जना पक्राउ

सिन्धुलीमा चोरीका सवारीसाधनसहित दुई जना पक्राउ

सिन्धुली : सिन्धुलीमा चोरीको स्कुटी र मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन्। पक्राउपर्नेहरुमा तिमाल गाउँपालिका ९ काभ्रेका २१ वर्षिय सुमिर दोङ र तिनपाटन गाउँपालिका-१० सिन्धुलीका २१ वर्षिय भुवन विक (रसाइली) रहेका छन्।

 
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज लामाका अनुसार दुम्जा चौकीबाट खटिएका प्रहरी टोलीले स्कुटी र मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

दोङलाई बनेपा नगरपालिका-८ का हरेराम काफ्लेको बागमती प्रदेश०२–०३१ प ८८५८ नम्बरको स्कुटी चोरी गरी लिएर हिँडेको उजुरीका आधारमा सुनकोशी गाउँपालिका-१ आपघारी सिन्धुलीबाट नियन्त्रणमा लिइएको हो। काफ्लेको स्कुटी चैत्र १९ गतेबाट हराएको भनि उजुरी दिएका थिए। दोङलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुझाइएको छ।
 
‘काठमाण्डौंबाट सिन्धुलीतर्फ आउँदै गरेका विकलाई दुम्जा प्रहरी चेकपोष्टमा चेकजाँच गर्नेक्रममा शंका लागेर खोजतलास गर्दा बा ५८ प ४०४ नम्बरको मोटरसाइकल मक्तपुरको सुर्यविनायकबाट चोरी गरी ल्याएको भन्ने खुल्न आएको छ,’ लामाले भने। विकलाईपनि मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि प्रहरी वृत्त भक्तपुरलाई बुझाइएको उनको भनाई छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.