मधेस प्रदेश : स्थानीय तहमा कुन दलको अवस्था कस्तो ?
जनकपुरधाम : देश आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित भएको छ। गठबन्धनका साथ निर्वाचनको तयारी गरिरहेका सत्तारुढ गठबन्धनमा रहेको दलबीच रस्साकस्सी चलिरहेको छ। प्रमुख प्रतिपक्षीको भूमिकामा रहेका नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी कतिपय पालिकामा उम्मेदवार सिफारिश गरीसकेको छ। तर केन्द्रबाट कुनै पनि दलले उम्मेदवारहरुको निर्कैयौल लगाउन सकेको छैन।
उम्मेदवार छनौटमा व्यस्त राजनीतिक दलहरुको ध्यान सबैभन्दा बढी मधेसमा केन्द्रित छ। मधेस हरेक राजनीतिक दलको प्राणवायु मानिएको मधेस केन्द्रित चुनावी सरगर्मी बढेको छ। मधेस नेपालको राजनीतिक इतिहासमा पटक–पटक निर्णायक भूमिका निर्वाहले पनि राजनीतिक दलहरुले प्रतिष्ठा बचाउनु र अपेक्षा राख्नु स्वभाविक हो।
राष्ट्रिय राजनीतिदेखि क्षेत्रीय पार्टीको राजनीतिक आधार भूमि मधेस रहँदै आएको यर्थात छ। देशको सबैभन्दा पुरानो राजनीति इतिहास बोकेको कांग्रेसका लागि त यो क्षेत्र गढ नै थियो। पछिल्लो स्थानीय तह निर्वाचनको परिणाममा एमालेभन्दा कमजोर अवस्थामा कांग्रेस छ। तर कुनै समय एकल भोट बैंकको रुपमा रहेको मधेस कांग्रेसलाई भने मधेसमा पहिलो दल बनायो। यद्यपि मधेस प्रदेशमा खुम्चदै गईरहेको कांग्रेसको दायरालाई फराकिलो बनाउन नयाँ रणनीतिका साथ नेता अघि बढेको संसदीय दलका सचेतक उपेन्द्र कुशवाहा बताउँछन्।
दलहरु कमजोर हुँदा आश्रयस्थल खोज्न मधेसको समथर भूमि झर्छन र यहाँबाट कहिल्यै कसैलाई निराश पनि बनाएको छैन्। त्यसैले होला एमाले र माओवादीले मधेसमा गतिविधि बढाएको छ। मधेसवादी दलमा रहेका युवाहरु एमालेमा लागेपछि मधेसमा एमाले हौसिएपनि संगठनात्मक रुपमा कमजोर छ।
२०७० को स्थानीय निर्वाचन परिणाम संतोषजनक नभएपनि मधेसमा कांग्रेस कमजोर नरहेको कांग्रेस मधेसका अध्यक्ष कृष्ण यादवको दाबी छ। मधेस प्रदेशमा पहिलो स्थानमै रहेको र आगामी स्थानीय तहको निर्वाचनमा अझ राम्रो स्थितिमा आउने दाबी छ। माओवादी केन्द्रले पछिल्लो निर्वाचन भन्दाबढी स्थानीय तहमा नतिजा ल्याउने माओवादीका मधेस प्रदेश महासचिव श्रवण बरबरिया यादवले दावी गरे। ‘जनताले विकास चाहेको छ, माओवादीले जितेको स्थानीय तहमा विकासको लहर आएको कुरो जनताले मूल्यांकन गर्छ।’ यादव भन्छन, ‘हामी पहिले भन्दा मजबुत स्थितिमा छौं, अबको स्थानीय तहमा पहिले भन्दा दोब्बर सिट ल्याउँछौं।’
दल विभाजनको फाइदा कांग्रेसलाई
२०७० स्थानीय तहको मत परिणामामा देशैभरमा एमाले पहिलो थियो। एमालेपछि कांग्रेसको दोश्रो तर पछिल्लो राजनीतिक उथलपुथलले पुरानो समिकरण भताभुङ्ग हुँदा अवस्थामा फेरबदल भएको छ। एमाले–माओवादी मिलेर बनेको नेकपाको आन्तरिक कलहले एमाले एक्लिएको छ। माओवादी केन्द्र कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा छ। जसपा विभाजित भएर नेतृत्व उपेन्द्र यादव र महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादीको नेतृत्व गरिरहेको छ। महन्त ठाकुरबाट अलग भएर वृषेशचन्द्र लालको नेतृत्व तमलोपा सक्रिय छ। टुटफुटले मधेस केन्द्रित दल २०७० को निर्वाचन भन्दा कमजोर स्थितिमा छ। जसको प्रत्यक्ष फाइदा नेपाली कांग्रेसलाई पुग्न सक्ने राजनीतिक विश्लेषक नित्यानन्द मण्डल बताउँछन्।
मधेसमा सिके राउत नेतृत्वको जनमत पार्टीको प्रभाव बढेकोले मधेस केन्द्रित दलकै भोट बैंकमा असर पर्ने विश्लेषक मण्डल बताउँछन्। ‘एमालेको अहिले पनि मधेसमा सन्तुलनमा छैन। विभिन्न दलबाट कार्यकर्ता तान्ने अभियानमामा एमालेलाई केही राहत भएपनि परिणाममा मुस्लिक हुने तर्क कतिपयको छ। राष्ट्रिय दललहरु मध्ये कांग्रेस बाहेक सबै दल पछिल्लो दुई वर्षे अवधीमा विभाजित दलहरुको शक्तिमा ह्रास आएको छ। यसले पनि कांग्रेस आफ्नो पुरै शक्तिका साथ स्थानीय तहमा राम्रो परिणाम निकाल्न सक्ने योजनामा छ।
मधेसमा दलिय स्थिति
मधेस धेरै स्थानीय तह भएको प्रदेशको मामिलामा दोश्रो नम्बरमा छ। प्रदेश १ पछि सबैभन्दा धेरै स्थानीय तह यहाँ छ। १ महानगर, ३ उप–महानगर, ७३ नगर र ५९ गाउँपालिका गरी कुल १ सय ३६ वटा स्थानीय तह छ। १ सय ३६ वटै पालिका गरी कुल १ हजार २ सय ७१ वडा छ। नेपाली कांग्रेस पछिल्लो स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी ४० स्थानीय तह र ३ सय ३८ वडामा विजयी भएको छ। त्यस्तै तत्कालिन फोरमले २६ स्थानीय तह र १ सय ९१ वडा, तत्कालिन राजपा २५ स्थानीय तह र १ सय ९४ वडा, एमाले १८ स्थानीय तह र २ सय ३० वडा र माओवादी केन्द्र २१ स्थानीय तह र २ सय ३१ वडामा र नयाँ शक्ति एक स्थानीय तहमा विजयी भएको थियो।
धनुषा : मधेसको राजधानी धनुषामा १ उप–महानगर, ११ नगर तथा ६ पालिका गरी १८ तह छ। धनुषामा १८ पालिकामा कुल १ सय ६९ वडा छ। नेपाली कांग्रेसले औरही, धनौजी, जनकनन्दनी, धनौजी गाउँ, कमला, क्षीरेश्वरनाथ, धनुषाधाम, नगराइन र सबैला नगरपलिकामा विजयी भएको छ। त्यस्तै एमालेले बटेश्वर र मुखियापट्टी मुसहरनिया गाउँ र मिथिला, मिथिला विहारी नगरपालिकामा विजयी भएको छ। तत्कालिन राजपाले जनकपुरधाम उप–महानगर, हँसपुर नगर तथा तत्कालिन फोरमले गणेशमान चारनाथ नगर र लक्ष्मिनिया गाउँमा विजयी भएको छ। माओवादी शहीदनगर र विदेह नगरपालिकामा विजयी भएको छ।
महोत्तरी : महोत्तरीमा कुल १५ स्थानीय तह मध्ये १० नगर ५ गाउँपालिका छन्। कुल १ सय ३८ वडा छ। महोत्तरीमा कांग्रेसले औरही, बलवा र लोहारपट्टी नगर तत्कालिन राजपाले एकडारा, महोत्तरी गाउँपालिका, जलेश्वर, भंगहा, मटिहानी, मनरासिस्वा र तत्कालिन फोरमले सोनमा गाउँपालिकामा विजयी भएको थियो। माओवादी केन्द्रले गौशाला, बर्दिवास, रामगोपालपुर नगर र सम्सी गाउँपालिकामा विजयी भएको छ। पिपरा गाउँपालिकामा तत्कालिन राजपाबाट विजयी भएका विनोद चौधरीको मृत्युपछि उपनिर्वाचनमा नेकपा (एमाले) विजयी भएको थियो।
सप्तरी : सप्तरीमा १८ स्थानीय तह मध्ये ९ नगर र ९ गाउँपालिकामा १ सय ६४ वडा छ। कांग्रेसले अग्नीसाइर, बेल्ही चपेना, विष्णुपुर, सुरुंगा गाउँ र शम्भुनाथ नगरपालिकामा विजयी भएको छ। एमालेले कञ्चनरुप र सप्तकोशी, तत्कालिन राजपाले डाक्नेश्वरी, तिलाठी कोइलाडी, राजविराज, रुपनी र हनुमाननगर कंकालिनी गाउँपालिकामा विजयी भएको थियो। तत्कालिन फोरमले खडक, बोदेबर्साइन नगरपालिका, तिरहुत, महादेवा र बलानविहुल गाउँपालिकामा विजयी भएको थियो। एक स्थानीय तहमा तत्कालिन नयाँ शक्ति पार्टी विजयी भएको थियो।
सिरहा : १७ पालिकामा १ सय ६४ वडा छन्। कांग्रेसले कल्याणपुर नगर, नवराजपुर, सखुवानन्कारकट्टी गाउँपालिका, एमालेले नरहा गाउँपालिका, लहान र सुखीपुर नगरपालिकामा विजयी भएको छ। माओवादी केन्द्र अर्नमा, औरही गाउँपालिका, कर्जन्हा, गोलबजार, धनगढीमाई र मिर्चैया नगरपालिका, तत्कालिन फोरमले बरियारपट्टी, भगवानपुर, लक्ष्मीपुर पतारी, विष्णुपुर गाउँ र सिरहा नगरपालिकामा विजयी भएको थियो।
सर्लाही : ११ नगरपालिका ९ गाउँपालिका सहित २० स्थानीय तह भएको सर्लाहीमा २ सय वडा छ। कांग्रेसले धनकौल, बसबरिया, रामनगर गाउँ, मलंगवा, हरिपूर्वा नगरपालिका, एमालेले इश्वरपुर, लालबन्दी, हरिपुर र हरिवन नगरपालिका, माओवादी केन्द्रले चकरघट्टा गाउँ, बरहथवा र बागमति नगरपालिकामा विजयी भएको छ। तत्कालिन राजपाले कविलाशी, चन्द्रपुर, बलरा नगरपालिका, कौडेना र ब्रह्मपुरी गाउँपालिकामा तत्कालिन फोरमले पर्सा गाउँपालिकामा विजयी भएको थियो।
रौतहट : १८ स्थानीय तहमा रौतहटमा १ सय ५७ वडा छ। कांग्रेसले गढीमाई, चन्द्रपुर, परोहा, फतुवा विजयपुर, वृन्दावन, राजपुर, राजदेवी नगरपालिका र दुर्गाभगवती गाउँपालिकामा विजयी भएको थियो। माओवादीले कटहरिया, मौलापुर र यमुनामाई गाउँपालिका, राजपाले गुजरा र गौर नगरपालिकामा जीत हासिल गरेको थियो। तत्कालिन फोरमले गरुडा, देवाही गोनाही, बौधीमाई र माधवनारायण नगरपालिकामा विजयी भएको थियो।
बारा : १५ स्थानीय तह भएको बारामा कुल १ सय ६७ वडा छ। जिल्लामा कांग्रेसले कलैया उप–महानगर, करैया, बारागढी गाउँपालिका, निजगढ, महागढीमाई र सिमरौनगढ नगरपालिका, एमालेले कोल्हवी नगरपालिका र जीतपुर सिमरा उप–महानगरपालिका, राजपाले देवताल, परवानीपुर र प्रसौनी गाउँपालिकाको विजयी भएको छ। तत्कालिन फोरमले आदर्श कोतवाल, पचरौता, फेटा र सुवर्ण गाउँपालिकामा विजयी भएको थियो।
पर्सा : एक महानगरसहित ३ नगर र १० पालिका गरी १४ स्थानीयतहमा १ सय १२ वडा छ। कांग्रेसले धोविनी गाउँपालिका र पर्सागढी नगरपालिका, एमालेले जिराभवानी, पटेर्वा सुगौनी, बहादुरमाई गाउँ, माओवादी केन्द्रले छिपहरमाई गाउँपालिका, जगरनाथपुर गाउँपालिका र ठोरी गाउँपालिकामा विजयी भएको छ। त्यस्तै तत्कालिन फोरमले पकहामैनपुर, विन्दवासिनी, सखुवाप्रसौनी गाउँपालिका, विरगंज महानगरपालिकामा विजयी भएको थियो।
२०७४ सालको स्थानीय तहको मतपरिणामा अनुसार