तनहुँमा मोटरसाइकल चोरेर भाग्दै गर्दा...

तनहुँमा मोटरसाइकल चोरेर भाग्दै गर्दा...

तनहुँ : जिल्लाको शुक्लागण्डकी नगरपालिका-११ साँखेबाट मोटरसाइकल चोरेर भाग्दै गर्दा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मंगलबार बिहानीपख ३ बजेतिर स्थानीय भिमबहादुर थापाको घरमा पार्किङ गरी राखेको ध १ प ५५९३ नम्बरको अपाचे मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा रुकुम पश्चिम आठबिसकोट नगरपालिका-३ घेत्माका २० वर्षियका नाईजेल ठकुरी र सोही ठाँउका १९ वर्षिय खिममान पुनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिआइजी) युवराज खड्काले जानकारी दिए।

उनीहरु स्याङ्जा हरिनास गाउपालिकास्थित चिसापानीमा सडक निर्माण गर्ने क्याम्पमा बस्दै आएका थिए।

उनीहरुलाई स्थानीयहरुको सहयोगमा ईलाका प्रहरी कार्यालय बेलचौताराबट खटिएको प्रहरी टोलीले शुक्लागण्डकी- ८ पुलचोकबाट मोटरसाइकलसहित समातेको हो।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत तनहुँबाट मंगलबार ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाइएको डिआइजी खड्काले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.