स्थानीय तह निर्वाचन : ऐरावतीमा जुटेन सहमति, सबै दल एक्ला एक्लै भिड्ने
प्यूठान : ऐरावती गाउँपालिका प्यूठानमा पाँच दलबीच सहमति हुन नसकेपछि सबै दल एक्लै एक्लै चुनाव लड्ने भएका छन् । पटकपटक बसेको पाँच दलको बैठकले ठोस निर्णय निकाल्न नसकेपछि एक्ला एक्लै चुनावमा जाने सहमति भएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
उनीहरु मित्रवतरुपमा चुनावमा जाने सहमति गरेका छन् । गठबन्धनभित्र आपसी समझदारी गरी आगामी दिनमा मित्रवत ढंगले गठबन्धन हुनसक्ने बताएका छन् । ऐरावतीमा हाल नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष र नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष छन् ।