भंगहाका मेयरको चुनावी स्टन्ट, बैंकमा आफैँ लगाए ताला

भंगहाका मेयरको चुनावी स्टन्ट, बैंकमा आफैँ लगाए ताला

जनकपुरधाम : महोत्तरीको भंगहा नगरपालिकाको समाजिक सुरक्षा भत्ता बैंकमा जम्मा गरेको चार महिना बितेपनि चासो नदिएका मेयरले बुधबार बैंकमा तालाबन्दी गरेका छन्। चार महिना अगावै बैंकमा पठाईसकेको समाजिक सुरक्षा भत्ताको रकम नदिएको भन्दै भंगहा नगरपालिकाका मेयरले स्वयंम नै बैंकमा ताला लगाएका हुन्। भंगहाका मेयर संजिव कुमार साहले भंगहास्थित कुमारी बैंकको शाखामा तालबन्दी गरेका हुन्।

नगरपालिकाबाट खातामा जम्मा गरेको समाजिक सुरक्षा भत्ता चार महिनासम्म पनि वितरण नगरेको भन्दै उनले भंगहाको सीतापुर बजारस्थित रहेको कुमारी बैंकको शाखामा आफैँ तालाबन्दी गरेका हुन्।  बुधबार दिउँसो तालाबन्दी गरेपछि बैंकको सेवा प्रवाह बन्द भएको छ।

उनले ४/५ महिनाअघि वृद्धभत्ता, एकल महिला भत्ता बापतको रकम बैंकमा जम्मा गरिसक्दा पनि हालसम्म बैंकले भत्ता नबाडेकोले बैंकमा तालाबन्दी गरेको जनाए। मेयर साह लोकतान्त्रिक समाजवादी पार्टीबाट मेयरका लागि पुनः सिफारिस भएकोले सस्तो लोकप्रियताका लागि चुनावी स्टन्ट गरेको कतिपयको बुझाई छ। तालाबन्दीपछि सुरक्षागार्ड तथा कर्मचारीहरु बैंक भित्रै थुनिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.