उम्मेद्वार बन्न राजीनामा दिन थाले जनप्रतिनिधी
जाजरकोट : आगामी बैशाख ३० गते हुने निर्वाचनमा पुनः उम्मेदवार हुनका लागि बाहलवाला जनप्रतिनिधिले राजीनामा दिन थालेका छन्। जाजरकोटको जुनीचाँदे गाँउपालिका वडा नम्बर १ का वडाध्यक्ष चन्द्रबहादुर शाहीले बुधबार आफ्नो पदबाट राजीनामा दिएका हुन्।
निर्वाचन लड्नका लागि भन्दै राजीनामा दिने उनी पहिलो जनप्रतिनिधी हुन्। बाहालवाला जनप्रनिनिधिले मनोनयन दर्ता गर्नु अघि नै राजीनामा दिनु पर्ने प्रावधान अनुसार आगामी बैशाख ११ गते देखि लागु हुने गरि वडाध्यक्ष शाहीले राजीनामा दिएका हुन्।
उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्। पार्टीले पुनः वडाध्यक्षमा दोहर्याउने निर्णय गरेपछि आफूले राजीनामा दिएको उनले बताए।