उम्मेद्‌वार बन्न स्थायी शिक्षकबाट राजीनामा

उम्मेद्‌वार बन्न स्थायी शिक्षकबाट राजीनामा

नुवाकोट : आसन्न स्थानीयतहको निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेद्‌वार वन्न नुवाकोटमा सरकारी स्थायी शिक्षकले राजीनामा दिन थालेका छन्। केही शिक्षकले राजीनामा दिइसकेको र कतिपयले टिकट पक्का भएपछि राजीनामा दिने जनाएका छन्। जिल्ला शिक्षा विकास तथा समन्वय कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार हालसम्म नुवाकोटमा तीन जना स्थायी शिक्षकले राजनीनामा दिइसकेका छन्। 

यद्यपि, दुई महिनाको अवधिमा पाँच जना शिक्षकले घरायसी कारण देखाएर राजीनामा दिएको पाइएको छ। तीन जना स्थायी शिक्षकले कार्यालयमा घरायसी कारण देखाउँदै राजीनामा दिएको कार्यालयकी सूचना अधिकारी सम्झना थपलियाले जानकारी दिइन् ।

उनका अनुसार एक महिनाको अवधिमा महेन्द्र मावि गौरीवेशीका मावि स्थायी शिक्षक चिरन्जिवी भट्ट, सरस्वती आधारभूत विद्यालय वेलकोटगढीका प्रावि दरवन्दीका स्थायी शिक्षक लुरामणी पुडासैनी र लक्ष्मेश्वरी मावि कुमारीका प्रावि दरवन्दीकै शिक्षक अर्जुनकुमार पुडासैनीले राजीनामा दिएका छन्।

आफूले विदुर नगरपालिका–१२ को वडाध्यक्ष पदमा दावी गर्दै आठवर्ष चार महिना सेवा अवधि वाँकी र प्रधानाध्यापक पदमा रहेकै अवस्थामा मावि स्थायी दरबन्दीको पदबाट राजीनामा दिएको महेन्द्र मावि गौरीवेशीको निवर्तमान प्रधानाध्यापक चिरन्जिवी भट्टले बताए। उनले नेकपा एमालेबाट उम्मेद्‌वार बन्ने तयारी गरेका छन्। 

उनका अनुसार महादेव माविका प्रावि शिक्षक रामप्रसाद लामिछाने र सुर्यगढीका शिक्षक इतावहादुर गुरुङलेसमेत राजीनामा दिएका छन्। राजीनामा दिएका शिक्षकहरुले घरायसी तथा अन्य कारण देखाएका भएपनि अबको स्थानीय निर्वाचनमा उम्मेद्‌वार बन्न राजीनामा दिएको जनाइएको छ। 

यसका साथै जनप्रतिनिधि बन्नका लागि विभिन्न विद्यालयमा करारमा रहेका कतिपय शिक्षकहरुलेसमेत राजीनामा दिइरहेका छन्। अन्य २० जनाभन्दा बढी स्थायी शिक्षकहरुलेसमेत राजीनामा दिनका लागि सदरमुकाम विदुर पुगेर जिल्ला शिक्षा समन्वय इकाई कार्यालयमा गएर परामर्श तथा राय लिइरहेका छन्।

दैनिकरुपमा स्थायी शिक्षकहरु स्थानीयतहको उम्मेद्‌वार बन्नका लागि राजीनामाको विषय लिएर आउने गरेको कार्यालयले जनाएको छ। स्थायी दरबन्दीका शिक्षकहरुले स्थानीय तहको निर्वाचनको उम्मेद्‌वारी, सेवा र राजीनामाका सम्बन्धमा सोधपुछ गरेका छन्। 

मनोनयनपत्र दर्ता हुने अघिल्लो दिनसम्म नुवाकमोटका धेरै शिक्षकहरुले राजीनामा दिने तयारी गरेको जनाइएको छ। यद्यपि सेवाको पेन्सन अवधि पुगेका शिक्षकले भने उम्मेद्‌वारी पक्का भएपछि मात्र राजनीना दिने तयारीमा छन्।

शिक्षकहरुले आआफ्ना दलसंग टिकटको वार्गेनिङ गर्दै सुनिश्चित भएपछि मात्र राजीनामा दिने मनस्थिति बनाएको नेपाल राष्ट्रिय शिक्षक संगठन नुवाकोटका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको भनाई छ। स्थानीय तहको निर्वाचनमा उम्मेद्‌वार बन्नका लागि अन्य शिक्षकहरुले पनि उम्मेद्‌वार बन्नका लागि राजीनामा दिने तयारी गरिरहेका छन्। 

विभिन्न विद्यालयमा कार्यरत शिक्षकले नगरपालिका र गाउँपालिकामा वडाध्यक्ष तथा अन्य पदमा उम्मेद्‌वार बन्न शिक्षण पेसाबाट राजीनामा दिने तयारी गरेको बताइएको छ। मतदाताले विश्वास गर्ने भएका कारण शिक्षकहरुले राजीनामा दिएर उम्मेद्‌वार बन्न चाहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.