सरकार र गर्भनरबीच समस्या देखिएकै हो : प्रचण्ड

सरकार र गर्भनरबीच समस्या देखिएकै हो : प्रचण्ड

धनगढी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार र गर्भनरका बीचमा समस्या देखिएको बताएका छन्। कैलालीको गौरीगंगा नगरपालिकामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न बिहीबार धनगढी आएका दाहालले, धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।

‘सरकार र गर्भनरबीचमा केही समस्या त देखिएको हो। तर पनि प्रधानमन्त्री र अर्थमन्त्रीले सल्लाह गरेर नै गर्भनर हटाउने निर्णय गरेको पनि सत्य हो। यस बारेमा वैशाख १३ गते अदालतको फैसला आउँछ, वास्तविक कुरा त्यसपछि मात्रै थाहा हुन्छ,’ दाहालले भने। उनले गर्भनर प्रकरणले चुनावको बेलामा पार्टीको छवीमा असर परेन भन्ने जिज्ञासामा खासै बोल्न चाहेनन्।

उनले महानगर र उपमहानगरको उम्मेदवारी भागबण्डाको टुंगोपछि देखिएको विवाद सामान्य भएको बताए। बुधबार गठबन्धनले महानगर र उपमहानगरमा पाँच दलीय गठबन्धनको भागबण्डा टुंग्याएको थियो। ‘एउटै दलभित्र त टिकट नपाएपछि असन्तुष्टी हुन्छ भने पाँच दलको भाग मिलाउँदा केही असन्तुष्टी आउने कुरा सामान्य हो। त्यसलाई लोकतन्त्रको सुन्दरता पनि भन्न सकिन्छ, त्यो असन्तुष्टी केही दिनसम्म देखिन्छ, अनि सेलाइ हाल्छ’, दाहालले भने।

उपमहानगर र महानगरको टुंगोपछि काँग्रेसभित्र ब्यापक असन्तुष्टी देखिएको छ। अध्यक्ष दाहालले, त्यो असन्तुष्टीले परिणाममा केही फरक नपर्ने बताए। ‘धेर थोर असन्तु्ष्टी आउनु स्वभाविकै हो, त्यसले परिणाममा केही फरक पर्दैन’, उनले भने।

अध्यक्ष दाहालले निर्वाचन सर्छ भनेर हल्ला चलाइएको कुरा झुटो भएको बताए। ‘मैले सुरुदेखि नै चुनाव सर्दैन भन्दै आएको हो, अहिले पनि केही तत्व चुनाव सर्छ भनेर हल्ला फैलाइरहेका छन्, तर चुनाव सर्दैन, बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुन्छ’, उनले भने, 'तर निर्वाचन ब्यापक जनसहभागिता, निस्पक्ष र धाँधलीरहीत बनाउनुपर्छ। त्यसमा सबैले लाग्न आवश्यक छ।’

उनले, सुदूरपश्चिममा अहिले माओवादी केन्द्रको संगठनमा सुधार आएको दाबी गरे। ‘हिजोका दिनमा यताउता लागेका साथीहरु अहिले पार्टीमा जोडिने क्रम जारी छ, सुदूरपश्चिममा पार्टीको अवस्थामा सुधार आएकोमा म खुसी छु’, दाहालले भने।

सुदूरपश्चिममा गठबन्धनमा सकस देखिरहेको बेलामा धनगढी आएका दाहालले, महानगर र उपमहानगर टुंगाएजस्तै सुदूरपश्चिममा पनि गठबन्धनले मूर्त रुप लिने आशामा रहेको बताए। दाहालले भने, ‘सुदूरपश्चिममा पनि गठबन्धनमा सबैको सम्मानजनक हिस्सा हुन्छ, राम्रै तालमेल हुन्छ भन्ने मैले आशा लिएको छु, तर पनि हामीले कुनै स्थानमा गठबन्धन हुनै सकेन भने पनि स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ भन्ने कुरा खुल्ला छ।’

उनले, स्वस्थ्य प्रतिस्पर्धा भनेको तालमेललाई प्राथमिकता नदिनु होइन भनेर बुझ्न आग्रह गर्दै भने , ‘प्राथमिकता तालमेल नै हो, तर नमिलेको स्थानमा स्वस्थ रुपमा पनि अलग अलग चुनाव लड्न सकिन्छ।’

दाहालले, अहिले प्रतिगमनका पक्षमा भएकाहरु र अग्रगमनका पक्षमा भएकाहरुमा ध्रुवीकरण भएको बताए। ‘स्थानीय चुनावको मुखमा आउँदा प्रतिगमनका पक्षधर एकातिर छन् भने अग्रगमनका पक्षधर एकातिर छन्, तालमेल वा गठबन्धन पनि प्रतिगमनलाई परास्त गर्नकै लागि हो’, दाहालले भने।

पत्रकार सम्मेलन प्रेस सेन्टर कैलालीका अध्यक्ष तेजराज भट्टको अध्यक्षतामा भएको थियो। दाहाल आजै हुने पार्टी प्रवेश कार्यक्रमका लागि गौरीगंगा नगरपालिकाको बडैपुर गएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.