अक्षय कुमारले सोसल मिडियामा किन मागे माफी?
नयाँ दिल्ली : भारतीय अभिनेता अक्षय कुमारले अलैंची ब्रान्डको विज्ञापन गरेकोमा आफ्ना फ्यानसँग माफी मागेका छन्। वास्तवमा अक्षयकुमार विमल इलायचीको विज्ञापमा देखिएका छन्। विमलले सोही ब्राण्डको सुर्तीजन्य पदार्थ पनि बेच्छ।
सुर्ती बेच्ने ब्रान्डको उत्पादनको विज्ञापनमा उनी देखिएकाले उनका फ्यानले आपत्ति जनाएका थिए। फ्यानको आलोचनापछि अक्षय कुमारले यो विज्ञापनबाट आफू पछि हट्ने र यसबाट प्राप्त हुने रकम कुनै राम्रो काममा दान गर्ने बताए।